Madhes Khabar
स्थानिय

बाराका सीडीओ मिश्रले भने : सिमराका आन्दोलनरत जेनजीसंग वार्ताको तयारी भइरहेको छ

वीरगन्ज,५मंसिरःबाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सिमरामा दुई दिन आन्दोलन गरेका जेनजीका प्रतिनिधिहरुसंग वार्ताको तयारी भइरहेको जनाएका छन् ।बिहीबार वार्तामा बोलाइएपछि प्रदर्शन स्थगित गरेका जेनजीका अगुवा र प्रतिनिधीहरुसंग स्थानीय प्रशासनले आज (शुक्रबार) वार्ता गर्न लागेको हो ।

वार्तामा सहभागी हुन संघीय सरकारका खेलकुदमन्त्री बब्लु गुप्ता, जेनजी अगुवा सुदन गुरुङपनि सिमरा आइसकेको जेनजी बाराका संयोजक सम्राट उपाध्यायले जानकारी दिए ।

आज दिउँसो १ः३० बजे मधेसखबरसंग टेलिफोनमा कुराकानी गर्दै बाराका प्रमुख जिल्ला अधिकारी मिश्रले वार्ताका लागि तयारी भइरहेको जानकारी गराए । उनले भने,‘वार्ताका लागि तयारी हुदैंछ ।जिल्ला प्रशासन कार्यालयमा वार्ता हुदैन । वार्ता हुने स्थल र समय तय भइसकेको छैन । त्यसैको लागि हामी अहिले छलफलमा जुटेका छौं ।

यता जेनजी बाराका संयोजक उपाध्यायले पनि स्थानीय प्रशासनसंग आजै वार्ता हुने जानकारी दिए । जनकपुरबाट आज सिमरा आइपुगेका मन्त्री गुप्ता र जेनजी अगुवा गुरुङले सिमराका जेनजीसंग छलफल गरिसकेपछि स्थानीय प्रशासनसंग वार्ता गर्न जाने उनले बताए ।

बुधबार एमाले नेता–कार्यकर्ताले केही जेनजी युवालाई कुटपिट गरेपछि चर्किएको विवादको कारण दुई दिन बाराको सिमरा अशान्त थियो । कफ्र्यू आदेशसमेत अवज्ञा गर्दै जेनजी युवाले बुधबार र बिहीबार दिनभर नै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

Related posts

पर्सामा साढे १५ किलो चरेससहित एक युवक पक्राउ

MadhesKhabar

वीरगन्ज महानगरको अवस्था बारे जनतालाइ जानकारी गराउन श्वेतपत्र जारी गरिने

MadhesKhabar

वीरगन्जको मुख्य सडक विस्तारको काम सुरु, भन्सार क्षेत्रका संरचनामा मेयर सिंहले चलाए डोजर

MadhesKhabar

Leave a Comment