Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको मुख्य सडक विस्तारको काम सुरु, भन्सार क्षेत्रका संरचनामा मेयर सिंहले चलाए डोजर

वीरगन्ज,१६असारः त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारको काम सोमबारदेखि सुरु भएको छ ।मुख्य सडक विस्तारको विरुद्ध स्थानीय घरधनीहरुले दायर भएको मुद्धा सर्वोच्च अदालतले गत फागुन २८ गते खारेज गरेसँगै सडक विभाग र जिल्ला प्रशासन कार्यालय पर्साको आग्रहमा वीरगन्ज महानगरपालिकाले सोमबारदेखि सडक क्षेत्रभित्र (२५/२५ मिटर) पर्ने संरचनाहरु हटाउन सुरु गरेको हो ।

सोमबार बिहान महानगरका मेयर राजेशमान सिंह स्वयं तीनवटा डोजरसहितको टोली लिएर वीरगन्ज भन्सार क्षेत्रमा पुगेका थिए । त्यसक्रममा डोजर लगाएर सडक क्षेत्रभित्र परेका संरचनहरु भत्काइएको थियो ।सोमबारदेखि सुरु सडक विस्तार कार्य भन्सारदेखि गण्डक चोकसम्म निरन्तर अघि बढाइने मेयर सिंहले बताए ।

ग्त असोज २८ गतेसर्वोच्च अदालतले सडकड विूतारविरुद्ध दायर गरेको मुद्धाको रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि झण्डै १२ बर्षदेखि अन्योलमा परेको वीरगन्जको मेनरोड विस्तारका लागि बाटो खुलेको थियो ।

त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि पावर हाउस,घण्टाघर,आदर्शनगर, रजतजयन्ति चोक, शंकराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मेनरोड २५÷२५ मिटर विस्तार गर्ने सडक विभागको निर्णय खारेजीको माग गर्दै त्यस क्षेत्रमा पर्ने करिब १ हजार २ सय घरधनीहरुले सर्वोच्च अदालतमा २०७६ कार्तिक ७ गते रिट हालेका थिए ।

तर सर्वोच्चले उक्त मुद्धाको पटक पटक पेसी सारेर टुङगो नलगाइ दिएका कारण १२ वर्षदेखि वीरगन्जको सडक विस्तारको काम सुरु नहुदैं रोकिएको थियो ।

२०६९ सालमा तत्कालीन नेपाल सरकारको निर्णय अनुसार सडक विभागले वीरगन्जको मेनरोड विस्तारका लागि सडकको मध्यभागबाट दायाँ–बाँया दुवै तर्फ २५÷२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना निकालेपछि त्यस क्षेत्रमा पर्ने करिब १ हजार दूई सय घरधनीले सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । लक्ष्मण साह रौनियारसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, सडक डिभिजन कार्यालय हेटौंडा, व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय वीरगञ्ज पथलैया, जिल्ला प्रशासन कार्यालय पर्सालगायतलाई विपक्षी बनाएर ७ कार्तिक २०७६ मा रिट दर्ता गराएका थिए । त्यसअघि ११ मंसिर २०७५ मा विक्रम गुरुङले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० वटा सरकारी कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा छठपछि नै वीरगन्जको मेनरोड विस्तार गर्ने तयारी गरको थियो । २०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपछि फेरि म्याद दिएर आयोजना कार्यालयले घरधनीलाई आफ्नो घर आफैं भत्काउन आग्रह गरेको थियो । सडक विस्तार आयोजनाले एक चरण नापीको कामसमेत सम्पन्न गरिसकेको अवस्था छ ।

त्यसअघि सडक विभागले २०६९ साल भदौ १५ गते, सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ फागुन ११ गते र २९ गते, २०७१ फागुन २ गते तथा २०७३ पुष १८ गते पनि १५ दिने सूचना जारी गरी सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउन आग्रह गरेको थियो ।

Related posts

वीरगन्ज महानगरको न्यायिक समितिद्वारा एक वर्षमा ४६ वटा मुद्दा फर्छ्योट

MadhesKhabar

उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा डा. सुबाेध गुप्ता निर्वाचित

MadhesKhabar

लोसपा निकट युवा सङ्गठनका जिल्ला संयोजक सहितको समूह जसपामा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment