Madhes Khabar
राजनीति हेडलाइन

एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै वीरगन्ज–३२ का वडाध्यक्ष रियाज एमालेमा प्रवेश

वीरगन्ज,२७माघः वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष रियाज अहमद मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् । २०७९ को निर्वाचनमा जसपा नेपालबाट वडाध्यक्षमा निर्वाचित मियाँ मंगलबार एमालेमा प्रवेश गरेका हुन् ।

वीरगन्ज–३२ टेढा रामवनमा मंगलबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवलाई समर्थन जनाउँदै वडाध्यक्ष मियाँ एमालेमा प्रवेश गरेका हुन् ।वडाध्यक्ष मियाँसंगै जसपाका युवा नेता महम्द अली, वडा सदस्यहरू इर्साद अन्सारी, मोहन महतो, रुकसाना खातुन र पुजा देवी राम लगायतका जनप्रतिनिधी र नेताहरुपनि एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा पूर्वमन्त्री तथा एमाले उम्मेदवार यादवले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरे ।वडाध्यक्ष र वडा सदस्यहरुसहितका नेताहरूको एमालेमा प्रवेशले पर्सा–१ मा एमाले थप सशक्त बनेको र यसले आँफुमा उर्जा पनि थपिएको यादवले बताए ।

यादवले एमाले देश विकास, सुशासन र समृद्ध नेपालको स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको बताए । जनताको आधारभूत आवश्यकता, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको उनको भनाइ थियो । उनले जनताको विश्वास र अपेक्षालाई व्यवहारमा उतार्न बलियो संगठन र इमानदार नेतृत्व आवश्यक हुने उल्लेख गरे ।

नवप्रवेशी वडाध्यक्ष रियाज अहम्द मिर्याँले स्थानीय विकास, जनसेवा र स्थायित्वका लागि एमाले उपयुक्त राजनीतिक शक्ति भएको निष्कर्षका साथ पार्टी प्रवेश गरेको बताए । उनले वडा स्तरबाटै जनताको समस्या समाधान र विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन एमालेको संगठन र नीति सहयोगी हुने धारणा राखे ।

कार्यक्रममा एमाले केन्द्रिय सदस्य निर्मला देवकोटा,पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारी, एमालेका क्षेत्रीय संयोजक मानदेव हजरा, नेता सुन्दर कुर्मी लगायतकाको पनि सहभागिता थियो ।

Related posts

कांग्रेसकाे रुपान्तरणका लागि विशेष महाधिवेशनकाे पक्षमा बारामा पनि हस्ताक्षर अभियान सुरु

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसु दासले आजदेखि कार्यभार सम्हाले, प्रभावित सेवाहरु अब सुचारु हुने

MadhesKhabar

पर्सा २ मा चौरसियाको जित सुनिश्चित हुदै , कुर्मीलाई आफनै परिवारबाटै असहयोग

MadhesKhabar

Leave a Comment