Madhes Khabar
राजनीति

कांग्रेसकाे रुपान्तरणका लागि विशेष महाधिवेशनकाे पक्षमा बारामा पनि हस्ताक्षर अभियान सुरु

बारा,१०असाेज: जेनजी आन्दोलन पछि राजनीतिक दलहरुमा उठेको पुस्तान्तरणको अभियान अन्तर्गत नेपाली कांग्रेसमा बिशेष महाधिवेशन मागका लागि बारामा पनि हस्ताक्षर अभियान सुरु भएको छ।नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारका अनुसार बिहीबारदेखि बारामा नेपाली कांग्रेसमा बिशेष महाधिवेशन मागका लागि हस्ताक्षर अभियान सुरु भएको हो।

बारामा शुक्रबारसम्म २५ जना महाधिवेशन प्रतिनिधिले बिशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । बारामा कुल १०० महाधिबेशन प्रतिनिधि रहेकाेमा५५ देखि ६० प्रतिशतले विशेष महाधिवेशनकाे पक्षमा हस्ताक्षर गर्ने सचिव रौनियारले बताए ।

हस्ताक्षर अभियानमा सचिव रौनियार सहित क्षेत्रिय सभापति विजयशंकर यादव, महासमिति सदस्य रामानन्द यादव , श्यामबाबु गुप्ता, शरदचन्द्र भट्टराई लगायतले खुलेरै साथ दिएको उनको भनाई छ । सबैको साथ र सहयोगले बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गराएर केही दिनमै बुझाउने र यो अभियान देशभरी नै चलिरहेको उनको भनाई छ ।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पुस्तान्तरण र काग्रेसको सुधारका लागि विशेष महाधिवेशनमा जानु पर्ने प्रस्ताव पछि हस्ताक्षर अभियान सुरु गरिएको सचिव रौनियारको भनाई छ ।

बारा क्षेत्र नम्बर ३ का संघीय महाधिवेशन प्रतिनिधि शरदचन्द्र भट्टराईले कांग्रेसमा आमूल परिवर्तन नभएसम्म देश र जनताको भलो नहुने बताउदै विशेष महाधिवेशन गरी पार्टीलाई बचाउनु पर्ने भएकोले हस्ताक्षर अभियानमा सरिक भएको बताए ।

Related posts

बारा २ का जनताको मनमा एसपी खरेल छ : रास्वपा उम्मेदवार रमेश खरेल (अन्तरवार्ता)

MadhesKhabar

गहवामाईको आशीर्वाद लिएर कांग्रेस उम्मेदवार रुंगटाले सुरु गरे चुनावी प्रचार अभियान

MadhesKhabar

पर्सा ४ मा एमालेलाई फेरि धक्का , ७३ जना काँग्रेसमा प्रवेश, रिजालले गरे स्वागत

MadhesKhabar

Leave a Comment