Madhes Khabar
राजनीति

पर्सा ४ मा एमालेलाई फेरि धक्का , ७३ जना काँग्रेसमा प्रवेश, रिजालले गरे स्वागत

मधेसखबर
वीरगन्ज, २९ कार्तिक : पर्सा क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका उम्मेदवार प्रतिको जनलहर निरन्तर बढ्दो क्रममा रहेको छ ।
प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश रिजालको स्वच्छ र विकास प्रेमी छविका कारण आसन्न निर्वाचनको मिति नजिकिदै गर्दा काँग्रेस प्रतिको जनलहर बढ्दो क्रममा रहेको हो ।

पर्सा क्षेत्र नम्बर ४ मा भइरहेको चुनावी प्रचार प्रसारका क्रममा अन्य दलका नेताकार्यकर्ताहरु पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गर्ने क्रम निरन्तर चलिरहेको छ ।यसैक्रममा मङगलबार पनि जिराभवानी गाँउपालिका वडा नम्बर –१ पकडीटोलामा भएको कोणसभामा एमाले परित्याग गरेर ७३ जना काँग्रेसमा प्रवेश गरेका छन् ।

एमालेका स्थानीय प्रभावशाली नेता गोविन्द खवासको नेतृत्वमा ७३ जना काँग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नव प्रवेशीहरुलाई प्रतिनिधीसभा सदस्यका उम्मेदवार एंव काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले अबीर टिका लगाएर पार्टीमा स्वागत गरे । एमालेको लाल किल्ला भनिने पकौडीटोलका ७३ जना एमाले छोडेर काँग्रेस प्रवेश गरेपछि जिराभवानी गाँपालिकामा एमालेलाई ठुलै धक्का लागेको एमालेका क्षेत्रीय सचिव बलिष्टर अहमदले बताए ।

चुनावी को्णसभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका पनि उम्मेदवार रहेका रिजालले देशभरि नै काँग्रेसको लहर चलेकाले आसन्न निर्वाचनमा एमाले र उसंग गठजोड गरेका दलहरुको पत्ता साफ हुने निश्चित भएको बताए । रिजालले पर्सा ४ मा बहुरुपिया उम्मेदवारबाट जनता सजग रहेकाले एमालेको दिवा सपना पुरा नहुने बताए । शेख ग्यासुदिन मियाँको अध्यक्षतामा भएको चुनावी कोणसभालाई प्रदेश सदस्यका उम्मेदवार शंकर प्रसाद चौधरी लगायतकाले पनि सम्बोधन गरेका थिए ।

Related posts

उपेन्द्र यादवले लिए सांसद पदको शपथ

MadhesKhabar

जितेन्द्र सोनलको समर्थन गर्दै मतदाताहरु नै प्रचार प्रसारमा जुटे

MadhesKhabar

जसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन

MadhesKhabar

Leave a Comment