वीरगन्ज,२७फागुनःपर्सा क्षेत्र नम्बर १ मा नेकपा एमाललेका उम्मेदवार प्रदीप यादवले यसपालिको निर्वाचनमा आँफुले गरेको खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
बुधबार आफ्ना निर्वाचन प्रतिनिधि जन्नत अन्सारीमार्फत पूर्वमन्त्रीसमेत रहेका यादवले आँफुले निर्वाचनमा गरेको खर्चको विवरण निर्वाचन कार्यालयय पर्सामा बुझाएका हुन् ।
जसममा उनले कूल १० लाख २४ हजार ९२५ रुपैयाँँमात्रै खर्च भएको उल्लेख गरेका छन् । यादवले सबैभन्दा बढी प्रचार प्रसारमा २ लाख ८४ हजार ७६० रुपैयाँ खर्च भएको जनाएका छन् । यस्तै सवारी साधानको भाडा बापत १ लाख ९० हजार रुपैयाँ, इन्धनमा १ लाख ५३ हजार ६४० रुपैयाँ,अन्य प्रचारप्रसार सामग्रीमा १ लाख ५२ हजार ५५० रुपैयाँ खर्च भएको यादवले पेस गरेको विवरणमा उल्लेख छ ।
यसैगरि कार्यालय सञ्चालन तथा प्रतिनिधि परिचालनमा ८६ हजार रुपैयाँ,गोष्ठी तथा अन्तरकृयामा ६४ हजार ९७५ रुपैयाँ , छापा तथा विद्युतीय सञ्चारमाध्य सामाजिक सञ्जालमा २५ हजार रुपैयाँ, मनोनयन दर्तामा १० हजार रुपैयाँ र मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको यादवले जनाएका छन् ।


