
बारा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलसंग गरिएको संक्षिप्त कुराकानी :
मत माग्दै जनताको घरदैलोमा पुग्दा मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
पहिला त एउटा कुरा भन्छु , चुनावी प्रचारमा जनताको हरेक टोल र घरघरमा पुगि रहेको छु , त्यसक्रममा विधालय , स्वास्थ्य संस्था, महिला, बालबालिका सबैको अवस्था दयनिय देख्दा मलाई असाध्यै पिडा हुन्छ । तलाई किन भोट दिने ? के का लागि भोटदिने श्र प्रश्न गदैै जनताले ममाथि आक्रोश पनि पोख्छन् । त्यसपछि म एसपी खरेल हुँ भन्छु , पानी मागेृर खान्छु , उनिहरुको पिडा र आक्रोश सुन्छु अनि आफना बारे कुरा राख्छु । म ३३ वर्षदेखि तपाईलाइ ठगेको नेता होइन भन्छु ।त्यसपछि उहाहरुले असाध्यै माया र स्नेह प्रकट गर्नुहुन्छ । म प्रति उत्साहीत बन्नु हुन्छ । उहाहरुको त्यो माया , स्नेह र उत्साह हेर्दा म पनि उत्साहित छु । माहौल मेरो पक्षमा बन्दैछ भन्ने महसुस गरिरहेको छु ।
तर अहिले चुनावी घरदैलोमा जनताले तपाई प्रति देखाएको उत्साह र माया मतदानका दिन मतमै परिणत हुन्छ भन्ने के ग्यारेन्टी छ ?
बाराका जनताले अहिले सम्म इमान्दार नेता नै पाएनौं भन्दै हुनुहुन्छ । राजनीतिक व्यवस्था त बदलियो तर जनताको अवस्था भने बदलिएन भन्ने उहाहरुको गुनासो छ । त्यसका कारण जनताको अवस्था बदल्न सक्ने इमान्दार नेतालाई नै भोट दिन्छौ भनेर उहाहरुले भनिरहनुभएको छ । जनताले खोजेको त्यो इमन्दार नेताका रुपमा म प्रस्तुत भइरहेका कारण मतदानका दिन बारा २ का जनताले मलाई नै आफनो अमुल्य मतदान गर्नेमा म विश्वस्त छु ।
उपनिर्वाचन भइरहेका अन्य दूइ निर्वाचन क्षेत्रमा जस्तो रास्वपाको चर्चा बारा २ मा देखिदैन । बारा २ मा रास्वपा त चौथो वा पाँचौ नम्बरमा छ भन्ने चर्चा पो छ ?
म यसमा बिल्कुलै सहमत छैन । हुन त जनताले घण्टी छापलाई मत हाल्ने कुरा बाहिर त्यतिधेरै बोलिरहेका छैनन् यो सत्य पनि हो । तर उनिहरुको भित्री मनमा भने एसपी खरेल र घण्टी छाप नै बसेको छ । चुपचाप घण्टी छाप भन्ने नारा नै यो क्षेत्रभरि चलिरहेको छ । अनौठो नमान्नु होला , गोप्य मतदानमा रमेश खरेल अत्याधिक मत ल्याएर जित्छ , तपाइहरु ढुक्क भएर बस्नु होला ।
त्यसो भए बारा २ मा रास्वपाको मुख्य अर्थात निकटको प्रतिस्पर्धामा को रहन्छ होला ?
साच्चै भन्नु पर्दा मैले त मेरो प्रतिस्पर्धी कोहि पनि देखेको छैन । किनकि मतको मार्जिन (मतान्तर )नै धेरै भएपछि त्यसलाई के प्रतिस्पर्धी भन्ने । दुइ चार हजार मात्रैको मार्जिन भए पो प्रतिस्पर्धी भन्ने । यहाँ त रास्वपा १० हजार भन्दा बढि मतान्तरले चुनाव जित्दैछ ।
जनताका बिचमा जादाँ तपाईले चुनावी एजेन्डाहरु के के प्रस्तुत गरिरहनु भएको छ ?
सुशासन र सुरक्षा मेरो प्रमुख एजेन्डा हुन् । त्योसंगै कृषि, शिक्षा र स्वास्थ्य अनि भौतिक पूर्वाधार पनि मेरा एजेन्डा हुन् । कृषिका दृष्टिकोणले बारा जिल्ला नेपालकै सबैभन्दा धनी जिल्ला हो । तर यहाका किसानले समयमा मल पाइरहेका छैनन् । खेतमा सिंचाइको प्रबन्ध छैन । उत्पादित फसलहरुले बजार भाउ पाइरहेका छैन । यी सबै सम्बोधन गर्न म कटिबद्ध भएर लाग्नेछु भन्ने वाचा जनतालाइ दिइरहेकोछु ।
चुनाव महंगिदै गएको छ , खर्चिलो र भड्किलो पनि बन्दै गएको छ । तपाईलाई कतिको गा्रहोसारो भएको छ ?
इमन्दारीका साथ भन्दैछु , मैले चुनावमा भोजभतेर वा पैसा बाड्ने काम बिल्कुलै गरेको छैन । चुनावमा लाग्ने सामान्य खर्चको जोहो गर्नका लागि मैले क्राउड फन्डिङ पनि गरिरहेको छु । एनएमबी बैंकमा खाता खोलेर रमेश खेरललाई जिताउन इच्छुकहरुले त्यो खातामा स्वस्फूर्त रुपमा ५ सय , १ हजार , २ हजार , ५ हजार रुपैया हालिरहेका छन् । त्यहि फण्डबाट अतावश्यक खचर्च गरिरहेकोछु । हुन त कोही कोही पैसा माग्न पनि आउछन् । तर उनिहरुलाई म भन्छु म पेशा गर्न आएको होइन जनताको सेवा गर्न आएको हु । तपाइलाई यदि पैसा नै चाहिन्छ हुन्छ भने अरु उम्मेदवार साथीकोमा जानुस् । रास्वपाको घण्टी चुनाव लिएको मान्छे रमेश खरेलले पैसा दिएर जनतालाइ भेडाबाख्रा बनाएर भोटको किनबेच गर्दैन ।

