Madhes Khabar
राजनीति

महिला संघकी संस्थापक स्व. मंगलादेवीकाे स्मृति दिवस वीरगन्जमापनि मनाइयाे

वीरगन्ज ,१०भदाैं: नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २७ औँ स्मृति दिवस वीरगन्जमा पनि मनाइएको छ।

वीरगन्जस्थित नेपाली कांग्रेस पर्साको पार्टी कार्यालयमा आइतबार नेपाल महिला संघ पर्साले स्वर्गीय सिंहको २७ औँ स्मृति दिवस मनाएको हो।

स्मृति दिवसमा आयाेजित कार्यक्रममा कांग्रेस पर्साका सभापति एंव प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले विगतकाे भन्दा अहिले पार्टीका कार्यक्रममा महिलाहरुकाे उपस्थिति र सकृयता बढ्दै गएकाेमा खुशी व्यक्त गरे ।अहिले महिलाहरु आफ्नाे हकअधिकार प्रति जागरुक बन्दै गएकाे भन्दै उनले याे जागरुकतालाई अझ बढाउनु पर्नेमा जाेड दिए।

नेपाल महिला संघकी जिल्ला अध्यक्ष किरण शर्माको अध्यक्षतामा भएकाे कार्यक्रममा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, कांग्रेस पर्साका सचिव तथा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,कांग्रेस पर्साका पुर्व उपसभापति दिना गुप्ता, कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंह,महिला नेतृ रम्भा मिश्रा लगायतका नेता कार्यकर्ताहरुकाेपनि सहभागीता थियाे।

Related posts

बारा आएर केपी ओलीले भने : कांग्रेसलाई छानबिन समिति होइन,सरकार चाहिएको छ

MadhesKhabar

वीरगन्जको अलौंमा पुगे कांग्रेस उम्मेदवार चौरसिया : देशैभर कांग्रेसको लहर छ

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment