Madhes Khabar
राजनीति

राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ : अध्यक्ष यादव

कास्की,२२बैशाखःराष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने बताएका छन् ।

संघीय हिन्दु गणतन्त्र नेपालको स्थापनाको लागि सक्रिय अभियानको कास्कीमा आयोजित जिल्ला समिति गठन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले हिन्दु धर्म नै राष्ट्रिय एकताको मूल मन्त्र भएको उल्लेख गरे । राष्ट्र र राष्ट्रियता जोगाउन नेपाललाई हिन्दु गणराज्य घोषणा गर्नु पर्नेमा जोड दिदैं उनले नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा राष्ट्रिय एकता कमजोर भएको समेत बताए । पोखरा अंतराष्ट्रीय विमानस्थलमा अंतराष्ट्रीय व्यवसायिक विमान यथाशीघ्र संचालनको माग समेत गर्दै उनले विमानस्थल निर्माणमा भएको संलग्न भ्रस्टाचारीहरुलाई कारबाहीको दायरामा नल्याएसम्म आफुहरुको आन्दोलन जारी रहने बताए।

उक्त कार्यक्रममा सुनिल मर्सिनीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यकारिणी समिति गठन गरिएको छ । उपाध्यक्षमा टिका कुमारी छिरिङ र सचिवमा अनुपमणि अधिकारी चयन भएको यादवले जानकारी दिए । कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता महादेव गुरुङकोपनि उपस्थिति रहेको थियो ।

 

Related posts

बारा–३ मा एमालेले चुनाव गरेर उम्मेदवार छान्दा पूर्वमन्त्री ज्वाला साह ‘आउट’

MadhesKhabar

उपेन्द्र यादवलाई झट्का : जसपा नेपालका केन्द्रीय सदस्यले छाडे पार्टी

MadhesKhabar

देउवालाई शेखरले भने : ०८४ पछि महाधिवेशन गर्ने सुनिन्छ,यसरी कांग्रेस चल्दैन

MadhesKhabar

Leave a Comment