Madhes Khabar
राजनीति

बारा–३ मा एमालेले चुनाव गरेर उम्मेदवार छान्दा पूर्वमन्त्री ज्वाला साह ‘आउट’

बारा,१९पुसःनेकपा (एमाले)ले बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेर प्रत्यक्षतर्फको उम्मेदवार छानेको छ।एक महिलासहित तीन जना सिफारिस गर्नुपर्ने अवस्थामा उम्मेदवारका लागि आकांक्षीहरु धेरै भएर सहमति नजुटेपछि बारा–३ मा मतदान गरेर एमालेले उम्मेदवार छानेको हो।

मतदानबाट बारा क्षेत्र नम्बर ३ का लागि प्रत्यक्षतर्फको उम्मेदवारमा अध्यानन्द पाण्डे, यम समिउल्लाह र सीमा ठकुरी सिफारिस भएका छन्।

मतदानमा एमाले बारा जिल्ला अध्यक्ष समेत रहेका पाण्डेले शत प्रतिशत मत पाएर पहिलो नम्बरमा सिफारिस भएका छन्।उनले एमालेको जिल्ला अधिवेशनमा पनि संस्थापन इतरबाट उम्मेदवारी दिएर विजयी भएका थिए। त्यतिबेला उनले केपी ओली पक्षका टिना सुवेदीलाई पराजित गरी जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।

यस्तै दोस्रो नम्बरमा ३७ मत ल्याएर यम समिल्लाह र ३६ मत प्राप्त गर्दै सीमा ठकुरी उम्मेदवार सिफारिस भएका छन्।निवर्तमान सांसद तथा पूर्वमन्त्री ज्वाला साहले भने ४ मतमात्रै पाएकी छन्। त्यस्तै टीना सुवेदीले शून्य, सीता सुवेदीले १, गायत्रीदेवी साहले ५ मत पाएको क्षेत्रीय समितिका एक सदस्यले जानकारी दिए।

पार्टीको वडा कमिटी अध्यक्ष, पालिका कमिटीका पदाधिकारी र बारा-३ क्षेत्रमा प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरू मतदाता रहेका थिए।

Related posts

जसपा पर्साका नवनियुक्त पदाधिकारी र सदस्यले लिए शपथ

MadhesKhabar

पर्सा–३ मा एमालेलाई झट्का : पूर्व प्रदेशसभा सदस्य गिरिसहितका १ सय बढी नेताहरु प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

पर्सा १ का मतदाता भन्छन् : प्रदीप यादवको कामबाट हामी सन्तुष्ट छौ

MadhesKhabar

Leave a Comment