Madhes Khabar
राजनीति

ट्रेड युनियन कांग्रेस पर्साकाे अध्यक्षमा पुन छाेटेलाल प्रसाद चयन

वीरगन्ज ,३जेष्ठ : नेपाली कांग्रेस निकटकाे नेपाल ट्रेड युनियन कांग्रेस  पर्साकाे अध्यक्षमा पुन छाेटेलाल प्रसाद चयन भएका छन् ।वीरगन्जमा सम्पन्न साताैं अधिवेशनबाट ट्रेड युनियन कांग्रेस पर्साकाे अध्यक्षमा छाेटेलाल प्रसाद दाेश्राे कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

यस्तै ट्रेड युनियन कांग्रेस  पर्साकाे उपाध्यक्ष(खुल्ला)मा चन्द्र नारायण सिंह, उपाध्यक्ष (महिला)मा उर्मिला थापा , उपाध्यक्ष (सेवा)मा महेन्द्र चाैरसिया, उपाध्यक्ष (उत्पादन ) पुण्यदेव यादव र उपाध्यक्ष (अनाैपचारिक)मा माेहन प्रसाद कुर्मी पनि सर्वसम्मत चयन भएकाे ट्रेड युनियनका मधेस प्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मीले जानकारी दिए ।

यसैगरी सचिवमा हरेन्द्र महताे ,सहसचिवमा सुरेन्द्र यादव र शीवनारायण यादव तथा काेषाध्यक्षमा पुरन साह कानु र सहकाेषाध्यक्षमा कल्पना खड्का पनि सर्वसम्मत चयन भएका छन् ।यस्तै सदस्यमा शीतलदेव गुप्ता, लहवर साह, मुकेश गुप्ता , प्रमाेद यादव,राजेश्वर कुर्मी, सुस्मिता राउत, विमला श्रेष्ठ , ममता तिवारी लगायत चयन भएका छन् ।

Related posts

पार्टी फुटाउनुमा प्रचण्ड र ओलीको हात छैन : जसपा अध्यक्ष राई

MadhesKhabar

मधेसको नयाँ मुख्यमन्त्रीमा सात दलबीच जुट्याे सहमति

MadhesKhabar

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

MadhesKhabar

Leave a Comment