Madhes Khabar
राजनीति हेडलाइन

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

मधेसखबर

वीरगन्ज,१३ भदौं :जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नंबर २ बाट प्रतिनिधिसभा सदस्यको उम्‍मेदवारमा सिफारिस भएका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जसपाको क्षेत्रीय समितिले यादवको नाम सिफारिस गरेको हो । यसअघि २०७४को चुनावमा उनी सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

क्षेत्रीय समितिले प्रतिनिधि सभा सदस्यमा यादवसँगै रामसहायप्रसाद यादव र प्रयाग राय वदको नाम पनि सिफारिस गरेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नं २ ‘क’ मा १० जना र प्रदेश सभा क्षेत्र नं २ ‘ख’ १२ जनाको नाम जिल्ला कार्य समिति बारामा सिफारिस गरेको छ ।

अध्यक्ष  यादवले बारा–२ बाट इच्छा गरे उम्मेदवार हुन सक्ने क्षेत्रीय सभापति लालबाबु सिंहले जानकारी दिए ।

 

प्रदेश सभा क्षेत्र नं २ ‘क’ का लागि उषाकुमारी यादव, कामेश्वरप्रसाद यादव, रामबाबु प्रसाद यादव, शारदा शंकर प्रसाद साह, मुकेश कुशवाहा, आत्मराम प्रसाद साह, विनोद प्रसाद यादव, शंकर प्रसाद यादव, नागेन्द्र प्रसाद यादव र शिव शंकर प्रसाद यादवको नाम सिफारिस भएको छ ।

प्रदेश सभा क्षेत्र नं २ ‘ख’ बच्चा राउत अहिर, अवध भुषण प्रसाद यादव, राम किशोर प्रसाद यादव, प्रमोद प्रसाद यादव, लालबाबु सिंह, अमरदेप प्रसाद यादव, धुपलाल सहनी, ऋषिकेश यादव, ब्रम्हदेव पासवान, शम्भु प्रसाद सिंह, राम सागर प्रसाद यादवको नाम सिफारिस गरिएको अध्यक्ष सिंहले बताए । साभार : अनलाइनखबर

Related posts

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

MadhesKhabar

रातारात पार्टी फुटाएर बनेको ओशक राईको दल अवैधानिक छ : उपेन्द्र यादव

MadhesKhabar

स्वास्थ्यप्रति लापरवाहीका कारण मधेसका महिलामा पाठेघर खस्ने समस्या व्यापक

MadhesKhabar

Leave a Comment