Madhes Khabar
राजनीति

पर्सागढी–९ वडेर्वामा रास्वपाको बैठकमा उम्मेदवार कानुले भने : युवाले नै परिवर्तन गर्दैछन्

वीरगन्ज,२७माघःपर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिका वडा नम्बर ९ वडेर्वामा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा स्तरीय बैठक सम्पन्न भएको छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाका उम्मेदवार सुशील कुमार कानुको विशेष उपस्थिति उक्त बैठक बसेको हो ।

बैठकमा उम्मेदवार कानुले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै युवाहरूसँग रणनीतिक छलफल गरेका थिए। उनले युवाको सक्रिय सहभागित बिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै निर्वाचनमा संगठनात्मक एकता र सक्रियता आवश्यक रहेको बताए।

कानुले वडा तथा क्षेत्रका स्थानीयवासीले भोग्दै आएका समस्या सुनेर ती समस्याको समाधान नीतिगत र व्यवहारिक ढंगले गरिने प्रतिबद्धता व्यक्त गरे। शिक्षा, रोजगारी, कृषि, स्वास्थ्य तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो।

 

Related posts

देशकै बदनाम गर्ने मधेस प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्न उपेन्द्र यादवकाे माग

MadhesKhabar

सरकारमा सहभागी हुने कांग्रेसकाे निर्णय

MadhesKhabar

काँग्रेसले आफ्नो चुनावी घोषणापत्र आगामी आईतबार सार्वजनिक गर्दै

MadhesKhabar

Leave a Comment