Madhes Khabar
राजनीति

महानगरको ग्रामीण वडामा पनि जसपा र काँग्रेसले संगसंगै भोट माग्दै

मधेसखबर
वीरगन्ज, १८ बैशाख
: वीरगन्ज महानगरको मेयर र उपमेयरमा चुनावी तालमेल गरेको सत्तागठबन्धनले महानगरका ग्रामीण भेगका वडामा पनि चुनावी अभियानलाइ तिब्र पारेको छ ।
शुक्रबार देखि संयुक्त रुपमा घरदैलो कार्यक्रम शुरु गरेको सत्तागठबन्धनले आइतवार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा संयुक्त रुपमा घरदैलो कार्यक्रम गरेको छ ।
घरदैलो कार्यक्रममा महानगरको मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंह र उपमेयरमा काँग्रेसका उम्मेदवार इम्तियाज आलमले वडा नम्बर २६ को हरेक मतदाताको घरमा पुगेर संयुक्त रुपमा भोट मागेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।
त्यसक्रममा जसपाका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , जिल्ला सचिव तबरेज अहमद, काँग्रेस महाधिवेशन प्रतिनिधी रामरुप कुर्मी , काँग्रेस नेता श्याम पोखरेल लगायत जसपा र काँग्रेस दुवै दलका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Related posts

पर्सामा ४ पूर्वमन्त्रीसहित १०९ जना उम्मेदवार : कुन क्षेत्रमा को को उत्रिए चुनावी मैदानमा ?…

MadhesKhabar

पर्सामा दलहरुले गणतन्त्र दिवस संयुक्त रुपमा मनाउने

MadhesKhabar

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमतिमा के छ ?

MadhesKhabar

Leave a Comment