वीरगन्ज,४जेठःजनता समाजवादी पार्टी (जसपा) का वीरगन्ज महानगरपालिका वडा नम्बर १० का वडा कार्यसमितिका अध्यक्ष जोगेन्द्र प्रसाद कानुलेपनि पार्टी नै परित्याग गरेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा निवासी साहले जसपाको साधरण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।
विगत एक दशकदेखि जसपामा आबद्ध साहले निजी जिम्मेवारी र पारिवारिक व्यस्तताका कारण पार्टीको कार्य र जिम्मेवारी पुरा गर्न असमर्थ भएका कारण पार्टीको साधरण सदस्यसमेतबाट राजिनामा दिएको बताएका छन् ।
आइतबार जसपाका केन्द्रिय अध्यक्ष अशोेक राईलाई लेखेको राजिनामा पत्रमा साहले भनेका छन् – हाल केहि व्याक्तिगत कारणले पार्टीको काम र जिम्मेवारी पुरा गर्न कठिनाई भएकाले आजैका मितिदेखि जनता समाजवादी पार्टीको साधरण सदस्यसमेत नरहने गरी राजिनामा पेश गर्दछु ।

