Madhes Khabar
राजनीति

पर्सामा राप्रपाको संगठन विभाग विस्तार, सचिवमा झा र प्रवक्तामा गुप्ता चयन

वीरगन्ज,९साउनःपर्सामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संगठन विभाग समिति विस्तार गरिएको छ ।वीरगन्जस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको संगठन विभागको बैठकले राप्रपा पर्साको संगठन विभागको सचिवमा पवन कुमार झा र विभाागको प्रवक्तामा महिला नेतृ रमितामाया गुप्तालाई चयन गरेको छ ।

यस्तै विभागको सददस्यमा प्रमानन्द साह कानु,जटाशंकर गुप्ता,जगरनाथ साह कानु,रामेश्वर यादव,अनिल कुशवाहा,राजकिशोर यादव,निरज झा,मनोज साह कानु,आनन्द गुप्ता,दीपेन्द्र श्रीवास्तव र विनोद सिंहलाई चयन गरिएको संगठन विभाग प्रमुख चन्दा मिश्राले जानकारी दिए । मिश्राकै अध्यक्षतामा बसेको बैठकमा नेताहरु नन्दु श्रीवास्तव, मनोज मिश्रा लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

पार्टीलाई हराउन लागेको भन्दै बसरुद्धिनलाई एमालेले सोध्यो स्पष्टिकरण

MadhesKhabar

मन्त्री हटाउने होडबाजीले चुनावका बेला अस्थिरता आउन सक्छ

MadhesKhabar

ठोरीमा रास्वपाको भेला सम्पन्न, क्षेत्रीय कार्यसमिति पुर्नगठन

MadhesKhabar

Leave a Comment