Madhes Khabar
राजनीति

पर्सामा राप्रपाको संगठन विभाग विस्तार, सचिवमा झा र प्रवक्तामा गुप्ता चयन

वीरगन्ज,९साउनःपर्सामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संगठन विभाग समिति विस्तार गरिएको छ ।वीरगन्जस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको संगठन विभागको बैठकले राप्रपा पर्साको संगठन विभागको सचिवमा पवन कुमार झा र विभाागको प्रवक्तामा महिला नेतृ रमितामाया गुप्तालाई चयन गरेको छ ।

यस्तै विभागको सददस्यमा प्रमानन्द साह कानु,जटाशंकर गुप्ता,जगरनाथ साह कानु,रामेश्वर यादव,अनिल कुशवाहा,राजकिशोर यादव,निरज झा,मनोज साह कानु,आनन्द गुप्ता,दीपेन्द्र श्रीवास्तव र विनोद सिंहलाई चयन गरिएको संगठन विभाग प्रमुख चन्दा मिश्राले जानकारी दिए । मिश्राकै अध्यक्षतामा बसेको बैठकमा नेताहरु नन्दु श्रीवास्तव, मनोज मिश्रा लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

साउनको पहिलो हप्ता मल आइपुग्छ  : कृषि मन्त्री यादव

MadhesKhabar

पर्सा २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिने मुकेश द्विवेदीको घोषणा

MadhesKhabar

रौतहटमै पुगेर केपी ओलीले भने- माधव नेपाल अब कहिल्यै चुनाव जित्दैनन्

MadhesKhabar

Leave a Comment