Madhes Khabar
राजनीति

ठोरीमा रास्वपाको भेला सम्पन्न, क्षेत्रीय कार्यसमिति पुर्नगठन

वीरगन्ज,८भदौं : पर्साको क्षेत्र नम्बर ४ मा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) को क्षेत्रीय कार्यसमिति पुर्नगठन गरिएको छ । ठोरीमा सम्पन्न क्षेत्रीय भेलाले जितेन्द्र मिश्रको सभापतित्वमा क्षेत्रिय समिति पुर्नगठन गरेको रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले जानकारी दिए ।

पुर्नगठित समितिको उपसभापतिमा प्रवेज अहमद, सचिवमा सुमन परियार तथा सदस्यहरुमा विक्की यादव, दिपेन्द्र दास तत्वा, अमलेस प्रजापति लगायतका रहेका छन् ।

यस्तै रास्वपाको ठोरी गाउँपालिकाको गाँउपालिका कार्यसमिति पनि पुर्नगठन भएको छ । माधव बस्नेतको नेतृत्वमा ठोरी गाउँपालिका समिति पुर्नगठन गरिएको केन्द्रिय सदस्य डा. यादवले बताए ।

रास्वपाका जिल्ला सभापति हरि पन्तको अध्यक्षता तथा केन्द्रिय सदस्य डा. यादवको प्रमुख आतिथ्यतामा आयोजित भेलामा जिल्ला उपसभापति तुल्सी पौडेल, पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, क्षेत्रिय सभापति मनोज कुर्मी, राम आर्य, रास्वपा नेता शम्भु कँडेल, शम्भु रायमाझी लगायतकाको सहभागिता रहेको थियो ।

 

Related posts

प्रचण्डका आतंककारी गतिविधिविरुद्ध रिट दायर गरेका हौं : रिट निवेदक

MadhesKhabar

प्रचण्ड सरकारले खाेल्न नसकेका सबै फाइल ओेली सरकारले खाेल्छ : मन्त्री गुप्ता

MadhesKhabar

नारायणी अस्पताल र ठाकुराम क्याम्पसको सुधारका लागि सांसद चौरसियाले गराए सरकारको ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment