Madhes Khabar
राजनीति

ठोरीमा रास्वपाको भेला सम्पन्न, क्षेत्रीय कार्यसमिति पुर्नगठन

वीरगन्ज,८भदौं : पर्साको क्षेत्र नम्बर ४ मा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) को क्षेत्रीय कार्यसमिति पुर्नगठन गरिएको छ । ठोरीमा सम्पन्न क्षेत्रीय भेलाले जितेन्द्र मिश्रको सभापतित्वमा क्षेत्रिय समिति पुर्नगठन गरेको रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादवले जानकारी दिए ।

पुर्नगठित समितिको उपसभापतिमा प्रवेज अहमद, सचिवमा सुमन परियार तथा सदस्यहरुमा विक्की यादव, दिपेन्द्र दास तत्वा, अमलेस प्रजापति लगायतका रहेका छन् ।

यस्तै रास्वपाको ठोरी गाउँपालिकाको गाँउपालिका कार्यसमिति पनि पुर्नगठन भएको छ । माधव बस्नेतको नेतृत्वमा ठोरी गाउँपालिका समिति पुर्नगठन गरिएको केन्द्रिय सदस्य डा. यादवले बताए ।

रास्वपाका जिल्ला सभापति हरि पन्तको अध्यक्षता तथा केन्द्रिय सदस्य डा. यादवको प्रमुख आतिथ्यतामा आयोजित भेलामा जिल्ला उपसभापति तुल्सी पौडेल, पूर्व जिल्ला संयोजक दिलिप कुर्मी, क्षेत्रिय सभापति मनोज कुर्मी, राम आर्य, रास्वपा नेता शम्भु कँडेल, शम्भु रायमाझी लगायतकाको सहभागिता रहेको थियो ।

 

Related posts

खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानबिन समिति गठन

MadhesKhabar

बारामा काँग्रेसको विवाद छताछुल्ल : चौधरी र मंसुर पक्षद्धारा छुट्टाछुट्टै नाम सिफारिस

MadhesKhabar

विकास,सुशासन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने छु : रामाकान्त चौरसिया

MadhesKhabar

Leave a Comment