Madhes Khabar
राजनीति

विकास,सुशासन र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने छु : रामाकान्त चौरसिया

वीरगन्ज,१२फागुनःपर्सा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार रामाकान्त चौरसियाले आफ्नो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगार र विकाससंगै सुशासनपनि प्राथमिकतामा रहेको बताएका छन् ।

मंगलबार सखुवा प्रसौनी गाँउपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम गर्दै मतदातासंगको संवादमा उक्त प्रतिबद्धता जनाएका हुन् । स्थानीयबासीका गुनासा सुन्दै उनले सडक, ढल, फोहोर व्यवस्थापन, खानेपानी आपूर्तिसंग सम्बन्धि समस्याहरु अस्थायी योजनाले समाधान नहुने उल्लेख गर्दै दीर्घकालीन पूर्वाधार विकास योजनाको आवश्यकता रहेको बताए ।

आँफु सांसदमा निर्वाचित भएपछि ती समस्याहरुलाइ पनि प्राथमिकतामा राखेर सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर स्थायी समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।चौरसियाले निर्वाचनपछि नियमित जनसम्पर्क, सार्वजनिक सुनुवाइ तथा प्रगति प्रतिवेदनमार्फत नागरिकलाई जानकारी गराउने प्रणाली विकास गर्ने आश्वासनपनि दिए।

 

Related posts

पर्सा–२ का जनताको समस्या अब कागजमा होइन, काम गरेर समाधान गर्छौ : रास्वपा उम्मेदवार कानु

MadhesKhabar

मधेसको सम्मान र समृद्धिका लागि जसपा नेपाललाई जिताउन बारा–४ का उम्मेदवार साहको आग्रह

MadhesKhabar

जेनजीलाई गगनले भने :महाधिवेशनको दौडादौड सकिएपछि तपाईँहरूसँग मिलेर काम गर्छु

MadhesKhabar

Leave a Comment