Madhes Khabar
राजनीति

जेनजीलाई गगनले भने :महाधिवेशनको दौडादौड सकिएपछि तपाईँहरूसँग मिलेर काम गर्छु

काठमाडौं,२६पुसःनेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन सकिएपछि जेनजी पुस्ताका युवाहरूसँग मिलेर काम गर्ने बताएका छन्। शनिबार एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘केही दिन अगाडि, यो जेनजी मुभमेन्टले ब्युँताएको केही नेसनल इस्युजहरूमा, खासगरी रिफर्मको इस्युजहरूमा, राजनीतिक दलहरू र अरू सबै स्टेकहोल्डरको बीचमा इलेक्सन भन्दा अगाडि नै नेसनल लेभलको डायलग हुनुपर्छ, कन्सेन्सस हुनुपर्छ भनेर एउटा आइडिया पोस्ट गरेको थिएँ। थुप्रैले यसमा मलाई आइडियाहरू दिनुभएको छ।’

कतिपयले व्याक्ति रुपमै सुझाव दिइरहेको भन्दै थापाले त्यसबारेमा जुटेर काम गर्न थालिसकेको बताए। उनले भनेका छन्, ‘हामीहरू मिलेर इलेक्सन भन्दा अगाडि नै केही जेनजी मुभमेन्टले उठाएका मुख्यमुख्य मुद्दाहरूको बीचमा एउटा नेसनल लेभलको एउटा सम्झौता गर्न सक्छौँ भन्ने विश्वास छ।’साभारःनेपालप्रेस

Related posts

बाराको १ र ४ मा काँग्रेसको पल्ला भारी

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि

MadhesKhabar

पर्साको नगरपालिका र गाँउपालिकामा को को बने उम्मेदवार ?

MadhesKhabar

Leave a Comment