Madhes Khabar
Uncategorized राजनीति

मधेसको सम्मान र समृद्धिका लागि जसपा नेपाललाई जिताउन बारा–४ का उम्मेदवार साहको आग्रह

बारा, १७ फागुन : बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाँउपालिका वडा नम्बर १ बुनियादमा पनि जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार सन्जु साहले चुनावी घरदैलो गरेका छन् । साहले पूर्व मन्त्री जितेन्द्र सोनललाई संगै लिएर बुनियादमा घरदैलो गर्दै मतदातासंग भेटेर संवादपनि गरेका छन् ।

त्यसक्रममा उम्मेदवार साहले मधेसको पहिचान, अधिकार र संघीयताको प्रभावकारी कार्यान्वयन जसपा नेपालको प्रमुख चुनावी मुद्दा रहेको बताए। उनले संविधान संशोधनमार्फत मधेसी, दलित, पिछडावर्ग, महिला तथा अल्पसंख्यक समुदायका बाँकी अधिकारहरु जसपा नेपालले सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलोका क्रममा उम्मेदवार साहसंगै रहेका पूर्वमुख्यमन्त्री सोनलले ग्रामीण क्षेत्रको विकासलाई केन्द्रमा राख्दै कृषिमा आधुनिकीकरण, मल बीउको सहज आपूर्ति, सिँचाइ विस्तार, किसानलाई न्यून ब्याजदरमा ऋण, स्थानीय उत्पादनको बजार सुनिश्चितता, ग्रामीण सडक र पुल निर्माण, स्वास्थ्य चौकी तथा विद्यालयको स्तरोन्नति, स्वच्छ खानेपानी र विद्युत् पहुँच विस्तार गरिने एजेन्डा जसपा नेपालको रहेको मतदातालाई सुनाए।

युवालाई स्वदेशमै रोजगारी सिर्जना, सीपमूलक तालिम, साना तथा घरेलु उद्योग प्रवद्र्धन र महिला सशक्तीकरण कार्यक्रमपनि सञ्चालन गरिने उनले बताए। संघीय सरकारसँग समन्वय गरी गाउँ–गाउँमा विकास बजेट पु¥याउने दाबी गर्दै उम्मेदवार साहले मधेसको सम्मान र समृद्धिका लागि जसपा नेपाललाई बलियो बनाउन मतदातासँग आग्रह गरे।

Related posts

नेपाल-भारतकाे सीमामा तारबार वा पर्खाल लगाउने कुराकाे म विराेधी हुँ : खानेपानीमन्त्री यादव  

MadhesKhabar

रवि र बालेनसंग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

MadhesKhabar

बाराको बारागढीमा जसपाको कब्जा

MadhesKhabar

Leave a Comment