वीरगन्ज,१फागुन:राष्ट्रिय मुक्ति पार्टी नेपालले पर्साकाे पाेखरिया नगरपालिकामा धर्ना दिएको छ।राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य निजामुदिन समानी नेतृत्वको टाेलीले बिहीबार नगरपालिका कार्यालय अगाडि बिहीबार १ घण्टा धर्ना दिएकाे हाे।
गत कार्तिक ५ गते नगरपालिकामा बुझाइएको ज्ञापनपत्रमा बुझाइएको ७ बुँदे माग पूरा गर्न कुनै चासाे नदेखाएकाे भन्दै उक्त पार्टीका नेताकार्यकर्ताले बिहीबार १ घण्टा धर्ना दिएका हुन्।
बढाइएको सम्पत्ति कर फिर्ता गर्नुपर्ने,कर्मचारीलाई समयमै तलब दिनुपर्ने,काम पूरा गरिसकेका ठेकेदारलाई समयमै भुक्तानी दिनुपर्ने,मधेस आन्दाेलनका सहिद बीरबल मुखिया र चन्दन पटेलकाे नाममा सहिद पार्क निर्माण गर्नुपर्ने लगायतका माग आँफुहरुकाे रहेकाे पार्टीका केन्द्रीय सदस्य समानीले बताए ।
उनका अनुसार धर्ना कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका जिल्ला संयोजक राजेश साह, युवा नेता दिव्य प्रकाश चतुर्वेदी, मनोज साह कानु, जगन चौहान लगायतकाकाेपनि सहभागीता रहेको थियो

