वीरगन्ज,९असाेज:संघीय मामिला तथा कानुन मन्त्री अजय चाैरसियाले नेपालबाट कुनैपनि शक्तिले कांग्रेस पार्टीलाई सिध्याउन नसक्ने बताएका छन्।वीरगन्जमा नवनिर्मित कांग्रेस पर्साकाे पार्टी कार्यालयकाे उद्घाटन कार्यक्रममा बाेल्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका चाैरसियाले यस्ताे बताएका हुन्।
कांग्रेस र लाेकतन्त्रमाथि पटक पटक आक्रमण भएकाे भन्दै उनले भने,`कांग्रेस शहिदहरुकाे शहादत र आन्दाेलनकाे जगबाट बनेकाे पार्टी हाे ।त्यसैले कसैलेपनि सिध्याउन सक्दैन।कांग्रेसमाथि जति पटक आक्रमण हुन्छ, त्यती नै अझ बलियाे र सशक्त भएर जान्छ।´
कांग्रेस पार्टी लाेकतन्त्र स्थापनाका लागि ५० ओैं वर्ष संघर्ष गरेको पार्टी रहेकाे भन्दै उनले हरेक राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको बताए ।
उनले भने,`हामी एक भएर गयाै मधेस प्रदेशमा पनि कांग्रेसको नेतृत्वमा सरकार बन्छ।हामी एक भयाै भने कांग्रेस आउने दिनमा अझ सशक्त र स्थापित भएर जाने निश्चित छ।´
त्यसकारण सबै नेताकार्यकर्ताले आपसि तितामिठा कुरालाई बिर्सिएर एक भएर अगाडि बढ्नुपर्नेमा उनले जाेड दिए।
कानुनमन्त्री चाैरसियाले वीरगन्जमा सुविधा सम्पन्न पार्टी कार्यालयकाे निर्माण गरेर कांग्रेस पर्साले ऐतिहासिक काम गरेकाे बताए ।उनले भने,`पर्सामा कांग्रेसले गरेका धेरै कामहरु मध्ये सबैभन्दा राम्रो काम याे नै हाे।´
नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस सरकारका कृषि जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षता तथा कांग्रेस पर्साका सभापति शेरबहादुर देउवाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर,केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजाल,केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना,अनिल रुंगटा,उमेशजंग रायमाझी,पूर्वमन्त्री सुरेन्द्र चाैधरी,मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा,प्रदेश सभा सदस्यहरु श्याम पटेल,शंकर चाैधरी,नेता शाेभाखर पराजुली,कांग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव,महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ,कांग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशाेक गुप्ता,जिल्ला सचिवद्वय इम्तियाज आलम र दिनेश चाैधरी लगायतकाेपनि सहभागीता थियाे ।