Madhes Khabar
राजनीति

पर्सामा जनमत पार्टीकाे लहर बढ्दै ,एउटै वडामा सय भन्दा बढी युवाहरुले गरे पार्टी प्रवेश

वीरगन्ज,१४असार:पर्सामा जनमत पार्टीप्रति जनलहर बढ्दै गएकाे छ।शनिबार वीरगन्ज महानगरपालिका वडा नम्बर २७ कुहडीमा आयजित कार्यक्रममा १ सय बढी युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।

पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेस प्रदेशका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक सय भन्दा बढी युवाहरू जनमत पार्टीमा प्रवेश गरेकाे जिल्ला अध्यक्ष ओेमप्रकाश सर्राफले जानकारी दिए।

जनमत पार्टीका वडा इकाई समिति अध्यक्ष बिराजु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि स्थानीय प्रभावशाली अगुवा एवं युवाहरु हरि यादव,धुपलाल महतो,सन्दीप यादव,बिटु यादव,बिरेन्द्र यादव ,बिपिन यादव,बिकास यादव,रन्जित यादव ,मुना अन्सारी ,अनिल पासवान चन्देश्वर साह,असलम अन्सारी ,जितेन्द्र मन्डल,जय किशन पटेल लगायतकाहरु जनमत पार्टीमा प्रवेश गरेका हुन्।

 

पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, रम्भा मिश्र,नजमा खातुन ,राजेश चौरसिया, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा,उपाध्यक्ष केदार पटेल ,महानगर युवा अध्यक्ष संजय सिह, राजुराज गिरी लगायतले सम्बोधन गर्दै जनमत पार्टी नै एक मात्र विकल्प रहेकोले सबैलाई जनमतमा गोलबन्द हुन आग्रह गरे।

 

कार्यक्रममा पार्टीका प्रदेश सदस्यहरु बृजेश्वर चैधरी, राजनरायण मिश्र, क्षेत्रीय संयोजकहरु गगनदेव यादव ,डा. मनोज सरार्फ, देवराज सरार्फ, महिला जिल्ला संयोजक अन्जना गुप्ता,दलित जिल्ला संयोजक नरेश राम, धिरेन्द्र पन्जियार,महनागर सचीव लोकेश कर्ण, सिकेन्द्र राम, हिरालाल राम,विद्यार्थी नेता अभिषेक झा,अनिता राम लगायतकाको पनि उपस्थिति रहेको थियो।

Related posts

रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनैपनि सुविधा नलिने

MadhesKhabar

मधेस सरकार जोगाउन महन्थ ठाकुरको शरणमा पुगे उपेन्द्र यादव

MadhesKhabar

वीरगन्ज महानगरका मेयर सरावगीले राजीनामा दिए

MadhesKhabar

Leave a Comment