Madhes Khabar
राजनीति

मधेस सरकार जोगाउन महन्थ ठाकुरको शरणमा पुगे उपेन्द्र यादव

काठमाडौं,३१बैशाखःजनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफनो दलको नेतृत्वमा रहेको मधेस प्रदेश सरकार जोगाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई गुहारेका छन् ।

मधेस सरकारबाट माओवादी केन्द्र र एमालेले समर्थन फिर्ता लिएपछि संकटमा परको जसपा नेपालका सरोज कुमार यादव नेतृत्वको मधेस सरकार जोगाउनका लागि अध्यक्ष यादवले लोसपा अध्यक्ष ठाकुरलाई गुहारेका हुन् । यसैक्रममा अध्यक्ष यादव सोमबार लोसपा अध्यक्ष ठाकुरलाई भेट्न सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेस सरकारमा सहकार्यका लागि सहयोग मागेको लोसपाका एक नेताले बताएका छन् ।

तर लोसपा अध्यक्ष ठाकुरले भने भर्खरै प्रस्ताव आएको र यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ यादवलाई दिएको तीन नेताले बताए । लोसपाका ती नेताले भने, ‘पहिले मधेसका मुख्यमन्त्रीको विश्वासको मत र अशोक राई नेतृत्वको जसपाको दल सनाखत प्रक्रिया सम्म कुर्छौं ।’

आइतबार नेकपा एमाले र माओवादी केन्द्रले सरकार छाडेपछि मधेस प्रदेशमा जसपा नेपालका नेता मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।

Related posts

वीरगन्ज आएर प्रचण्डले भने : म प्रधानमन्त्री बन्ने रेसमा छैन

MadhesKhabar

पूर्वमन्त्री प्रदीप यादव पनि बने जसपा नेपालको केन्द्रिय समन्वय समिति सदस्य

MadhesKhabar

पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

MadhesKhabar

Leave a Comment