Madhes Khabar
राजनीति

पूर्वमन्त्री प्रदीप यादव पनि बने जसपा नेपालको केन्द्रिय समन्वय समिति सदस्य

वीरगन्ज,१माघः जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको एकतापछि गठित जसपा नेपालको केन्द्रिय समन्वय समितिले पर्साका नेता तथा पूर्वमन्त्री प्रदीप यादवलाई पनि केन्द्रिय समन्वय समिति सदस्य बनाएको छ ।

गत पुस २७ गते ती दुबै पार्टीबीच भएको औपचारिक एकतापछि गठित जसपा नेपालको ४८ सदस्यिय केन्द्रिय समन्वय समिति (केन्द्रिय कार्यसमिति) मा पर्सा क्षेत्र नम्बर १ का निवर्तमान सांसद समेत रहेका यादवपनि परेका हुन् ।

निर्वाचन आयोगमा जसपा नेपालले पेस गरेको केन्द्रिय समन्वय समितिको अद्यावधिक पत्रमा यादवको पनि नाम समावेश छ । यसअघि पुस २७ गते सार्वजनिक नवगठित केन्द्रिय समन्वय समितिको नामावलीमा यादवको नाम भने परेको थिएन। उक्त विषयलाई लिएर यादव पक्षधहरुबाट चर्को आलोचनासमेत भएको थियो ।

यादवसंगै पर्साबाट लालबाबु राउत, लक्ष्मणलाल कर्ण र रमेश कर्मी गरी ४ जना जसपा नेपालको केन्द्रिय समन्वय समिति सदस्य बनेका छन् ।

पुस २७ गते दुई दलबीच भएको औपचारिक एकतापत्र सार्वजनिक गर्ने क्रममा हतार हतार भएका कारण अन्जानवश आफ्नो नाम छुट्न गएको भन्दै यादवले तर निर्वाचन आयोगमा अद्यावधिक नामावली पेस गर्ने क्रममा केन्द्रिय समन्वय समिति सदस्यमा भने आफ्नो नाम समावेश रहेको बताए ।

अशोक राई नेतृत्वको जसपाको उपमहासचिव रहेका यादव दुई हप्ताअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा पार्टी समाहित गर्दै प्रवेश गरेका थिए । उनिसंगै नेतृ रेणु यादवपनि जसपा नेपालमा प्रवेश गरेकी थिइन् ।

 

Related posts

मधेसको सभाभुखमा जसपा नेपालका यादव निर्वाचित

MadhesKhabar

उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझ बढेको पुष्टि भएको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

MadhesKhabar

सुशीला कार्कीको सरकारमा थपिएका ४ नयाँ मन्त्रीले लिए शपथ

MadhesKhabar

Leave a Comment