
जनकपुरधाम,६पुसःमधेस प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेस प्रदेशसभामा बहुमत पाएर उनी निर्वाचित भएका हुन् ।
आइतबार बसेको प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ जनाले मतदान गरेका थिए ।
पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वतः खारेज भएको थियो ।
निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए ।

