Madhes Khabar
राजनीति

मधेसको सभाभुखमा जसपा नेपालका यादव निर्वाचित

जनकपुरधाम,६पुसःमधेस प्रदेशको सभाभुख पदमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आइतबार मधेस प्रदेशसभामा बहुमत पाएर उनी निर्वाचित भएका हुन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए । यादवले ७२ मत प्राप्त गरेका थिए भने उनको विपक्षमा २४ जनाले मतदान गरेका थिए ।

पहिलो प्रस्तावमाथि मत विभाजन भएर नै यादव निर्वाचित भएपछि नेकपा एमालेका त्रिलोकी प्रसादलाई सभामुख बनाउन दर्ता भएको प्रस्ताव स्वतः खारेज भएको थियो ।

निर्वाचित भएका यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । उनी यसअघिको कार्यकालमा पनि प्रदेशसभा सदस्य थिए ।

Related posts

बाराको जीतपुरसिमरा उपमहानगरमा आजपाको ७५ सदस्यीय समिति गठन

MadhesKhabar

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : कांग्रेस महामन्त्री शर्मा

MadhesKhabar

Leave a Comment