Madhes Khabar
राजनीति

मधेस प्रदेश सरकारको विकल्प खोजिनेछ : कांग्रेस महामन्त्री शर्मा

सिरहा,८मंसिरः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारको विकल्प खोजिने बताएका छन् ।लहानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले अहिले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले कांग्रेससंग राम्रो व्यवहार नदेखाएको बताए।

उनले यस्तै व्यवहार रहेमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकारको विकल्प ढिला चाँडो खोजिने बेला आएको उनले बताए। शर्माले भने,‘अहिले जनमत पार्टीको नेतृत्वमा रहेको सरकारले जे जति काम गरिरहेको छ । त्यो चित बुझाई छैन । गुनासो धेरै रहेको मधेस हिडाँईमा जानकारी पाएको छु। केन्द्रमा जनमत सरकारमा रहेकोले हामी केही बोलेका छैनौं । मधेसमा अहिले सम्म कांग्रेसले मुख्यमन्त्री पाएको छैन । कृष्ण यादवकै नेतृत्वमा हामी सरकार बनाउनेछौँ ।’

उनले मधेसमा एमाले, कांग्रेस र लोसपा मिले सहजै सरकार बन्नेपनि बताए।बीआरआई मात्रै होइन नेपाली कांग्रेसले अब कुनै पनि अरु देशबाट पनि ऋण थुपारेर विकास गर्ने पक्षमा नरहेको महामन्त्री शर्माको भनाई छ । संघीय सरकार अहिले फेरबदलको कुनै सम्भावना नरहेको भन्दै उनले त्यसमा ढुक्क रहन नेता कार्यकर्तालाई आश्वस्त पारे ।साभारःअन्नपूर्णपोष्ट

Related posts

जसपा उत्तर तिरका मालिकको आदेशमा चल्ने पार्टी हो : अजय चौरसिया

MadhesKhabar

काँग्रेसले नै मधेस र देशको हित गर्छ : रमेश रिजाल

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

Leave a Comment