वीरगन्ज,४माघ:अशाेक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) काे पर्सा जिल्ला अध्यक्षकाे जिम्मेवारी युवा नेता तबरेज अहमदले पाएका छन्।
पार्टी अध्यक्ष राईले अहमदलाई पर्सा जिल्ला अध्यक्ष पदमा मनाेनयन गरेका हुन्।आइतबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा राईले अहमदलाई जिल्ला अध्यक्षमा मनाेनयन गरिएको पत्र पनि हस्तान्तरण गरेका छन्।

त्यसअवसरमा जसपाका महासचिव इस्तियाक राई,केन्द्रीय सदस्य माेहन चाैधरी, मुकेश द्विवेदी लगायतकाकाे पनि उपस्थिति थियाे।

यसअघि जसपाकाे पर्सा जिल्ला अध्यक्ष बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह कलवार थिए ।

