सुनसरी,२४फागुनः सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । साम्पाङले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् । धरान उपमहानगरपालिकाका मेयरबाट राजिनामा दिएर साम्पाङ यस पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

