Madhes Khabar
राजनीति

माओवादीबाटै नयाँ गृहमन्त्री बनाउने पक्षमा प्रधानमन्त्री प्रचण्ड

फाइल फाेटाे

काठमाडौं ,१५ माघ :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा देखिएका छन्।

यसअघि गृहमन्त्री भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद नागरिकताका कारण गुमेपछि प्रधानमन्त्री प्रचण्ड माओवादीबाटै गृहमन्त्री बनाउने पक्षमा देखिएका हुन्। अहिले गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैंसँग राखेका छन्।

‘आफ्नो पार्टीसँग शक्तिशाली मन्त्रालय नभएको अवस्थामा गृह मन्त्रालय माओवादीले नै राख्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ। यस विषयमा उहाँले सत्तारूढ घटकसँग पनि छलफल गर्ने तयारी छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ छलफल हुन सक्ने एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

प्रचण्डले पार्टीको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका सवालमा असन्तुष्टि व्यक्त गरेका थिए।

‘मन्त्रालय बाँडफाँटको सवालमा भएको सहमति पनि पालना भएको छैन। माओवादीले संख्या र शक्तिका हिसाबले पनि कम मन्त्रालय पाएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सदस्यले भने।

सरकारको स्थायित्वका लागि रास्वपा जरूरी रहेको भन्दै त्यस पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री दिने सहमति भएको थियो। संसदमा रास्वपाको १९ सिट रहेको छ।साभार:सेताेपाटी

Related posts

जसपा नेपाल पर्साका सह–ईन्चार्ज दीपक यादवले दिए राजिनामा

MadhesKhabar

रवि लामिछाने काठमाडौंमा पनि ६० लाख धरौटी बुझाएर रिहा

MadhesKhabar

सार्वजनिक स्थानमा पार्टीका नेताबारे गलत टिकाटिप्पणी नगर्न कांग्रेस सभापति क्षेत्रीको निर्देशन

MadhesKhabar

Leave a Comment