Madhes Khabar
राजनीति

जसपा नेपाल पर्साका सह–ईन्चार्ज दीपक यादवले दिए राजिनामा

वीरगन्ज,१३भदौंः जनता समाजवादी पार्टी नेपालको पर्सा जिल्लाका सह–ईन्चार्ज दीपक प्रसाद यादवले राजिनामा दिएका छन् । जसपा नेपालको मधेस प्रदेश समितिको लेखा आयोग सदस्य समेत रहेका यादवले बिहीबार राजिनामा दिएका हुन् ।

पर्साको पटेर्वा सुगौली गाँउपालिका निवासी यादवले २०८० भदौं २ गतेदेखि जसपा नेपालको पर्सा जिल्लाको ईन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन् ।लालबाबु रााउत मधेसको मुख्यमन्त्री रहदाँ यादवले आँफुलाई राउतको स्वकीय सचिव बताउने गरेका थिए ।

जसपा नेपाल मधेस प्रदेश अध्यक्षलाई बुझाएको राजिनामा पत्रमा यादवले आँफु आगामी स्थानीय तहको निर्वाचनको तयारीका लाागि पालिकामै समय दिनु पर्ने भएकाले पार्टीको अअन्य जिम्मेवारी निर्वााह गर्न समयको अभाव रहेकाले जसपा नेपालको पर्सा जिल्ला सह–ईन्चार्ज र मधेस प्रदेश समितिको लेखा आयोग सदस्य पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् ।

यादव २०७९ को स्थानीइ तह निर्वाचनमा पटेर्वा सुगौली गाँउपालिकाको अध्यक्ष पदमा जसपा नेपाालबाट उम्मेदवार बनेर चुनाव लडेका थिए । उक्त निर्वाचनमा चौथो स्थानमा रहेका यादवले ४६९ मत मात्रै प्राप्त गरेका थिए ।

Related posts

चीनसंग गरिएको बिआरआई सम्झौता नेपालको स्वाधीनतामाथि हस्तक्षेप : अध्यक्ष यादव

MadhesKhabar

दलितवस्तीमा पुगेर रिजालले गरे सहभोज , रिजाललाई नै जिताउने दलितहरुको सामुहिक घोषणा

MadhesKhabar

लोकतन्त्र ,संविधान र संघीयता रक्षाका लागि काँग्रेसलाई मत दिन चौरसियाको अपिल

MadhesKhabar

Leave a Comment