Madhes Khabar
राजनीति

पर्सा–२ का मतदाता सामु रास्वपा उम्मेदवार सुशीलको वाचा : जनताको आशा र भरोसा टुट्न दिन्न

वीरगन्ज,१४माघःपर्सा क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार सुशीलकुमार कानुले चुनावी घरदैलो अभियानलाई पनि तिब्र पारेका छन् । बुधबार पर्सागढी नगरपालिका वडा नम्बर ७ टिकुलियामा घरदैलो कार्यक्रम गरेका उनले त्यहाँका मतदाताको घरघरमा पुगेका छन् ।

त्यसक्रममा रास्वपा उम्मेदवार कानुले परिवर्तनको जनचाहना रास्वपाले नै पुरा गर्ने भएकाले पर्सा–२ मा आँफुलार्य विजयी गराउन मतदातासंग आग्रह गरे ।

नेपालमा अहिले युवादेखि बृद्धबृछा सबैले परिवर्तन चाहेको र त्यसको संवाहक रास्वपा नै भएको बताउँदै उनले मतदातासंग भने,‘ पर्सा–२ मा पनि जनताले यसपालिन परिवर्तन चाहेका छन् । जनताको चाहनालाई नै कदर गर्दै रास्वपाले मलाई उम्मेदवार बनाएको छ । अब रास्वपा र मलाई जिताउने जिम्मा बअ जनता जनार्दनको हातमा छ । मलाई तपाईहरुले अवश्य पनि सेवा गर्ने मौका दिनुहुनेछ भन्नेमा म ढुक्क छु ।’पर्सा–२ का जनताको आशा र भरोसालाई आँफुले कहिल्यैपनि टुट्न नदिने वाचापनि उनले मतदाताहरु सामु गरे ।

टिकुलीयाको घरदैलो कार्यक्रममा रास्वपाका नगर अध्यक्ष चन्दन यादवका साथै रास्वपाका कार्यकर्ताहरूको पनि सहभागिता थियो।

Related posts

वीरगन्ज २ मा जसपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

MadhesKhabar

संसदको कार्यव्यवस्था परामर्श समितिमा प्रदीप यादव र अजय चौरसिया मनोनित

MadhesKhabar

रास्वपाले टुंगो लगायो समानुपातिकका ५७ सांसदको नाम : मधेसीतर्फ कति जना परे ?

MadhesKhabar

Leave a Comment