Madhes Khabar
राजनीति हेडलाइन

संसदको कार्यव्यवस्था परामर्श समितिमा प्रदीप यादव र अजय चौरसिया मनोनित

काठमाडौं,२४ चैत : प्रतिनिधीसभा (संसद) को कार्यव्यवस्था परामर्श समितिमा पर्साका सांसदद्वय प्रदीप यादव र अजय चौरसियालाई पनि मनोनित गरिएको छ ।

प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा यादव र चौरसिया सहित १३ जना सांसदलाइ मनोनित गरेका हुनन् । बिहिबार सबेको प्रतिनिधिसभाको बसेको बैठकमा सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराएका हुन् ।

समितिमा कांग्रेसका ६, एमालेका ५, माओवादी केन्द्रका २, जसपा सहित अन्य दल र स्वतन्त्रका १÷१ जना सांसद छन्  । सभामुख, उपसभामुख र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य हुन्छन् ।

समितिमा यादव र चौरसियासंगै अनितादेवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रूपा सोसी चौधरी, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई मनोनयन गरिएको हो ।

उक्त समिति , प्रतिधिनी सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रतिनिधिसभा नियमावलीमै यसको व्यवस्था छ । सभामुख घिमिरेसहित दलका प्रतिनिधिहरूको बैठकले बुधबार समितिमा रहने संख्या निर्धारण गरेको थियो । सबै दल र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बनाइएको हो ।

Related posts

दिपावलीका लागि वीरगन्ज लगायतका नाका हुदैं ३० करोडको झिलिमिली बत्ती आयात

MadhesKhabar

रौतहटको गौर फेरि तनावग्रस्त : सेना परिचालन गरेर लगाइयो कर्फु

MadhesKhabar

निर्णयको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय स्थापना

MadhesKhabar

Leave a Comment