Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

दिपावलीका लागि वीरगन्ज लगायतका नाका हुदैं ३० करोडको झिलिमिली बत्ती आयात

वीरगन्ज,१६कार्तिकःतिहार अर्थात दिपावलीका लागि यस वर्ष करिब ३० करोड रुपैयाँको झिलिमिली बत्ती भारत तथा तेश्रो मुलुकबाट नेपालमा आयात भएको छ ।

वीरगन्ज लगायतका अन्य नाका हुदैं अहिले सम्म ३० करोड रुपैयाँ हाराहारी मूल्य बराबरका झिलिमिली बत्ती आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाका अनुसार, गत वर्षको तिहारलाई लक्षित गरी करिब ४५ करोड रुपैयाँ बराबरको यस्तो बत्ती आयात भएको थियो ।

तिहारमा सबैभन्दा बढी एलईडी डिस्को लाइट, नेट झालर, एलईडी लाइट एलईडी फ्रेम लाइट दियो र स्ट्रप लाइटजस्ता बत्तीहरू बढी खरिदबिक्री हुने गर्छ ।

२०७९ सालको तिहारमा पनि ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको थियो । २०७८ सालमा भने कोरोनाको समय भएका कारण झिलिमिली बत्ती आयात केही घटेको थियो ।कोरोना महामारी फैलनुअघि वार्षिक ६० देखि ७० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात हुने गरेको थियो । कोरोना फैलिएपछि २०७७ सालमा भने १८ करोड रुपैयाँको मात्रै झिलिमिली बत्ती आयात भएको थियो ।

यस पटक बजारमा मागपनि कम भएका कारण झिलिमिली बत्तीको आयात कम भएको देवकोटाले बताए । एकपटक किनेका त्यस्ता बत्ती तीन÷चार वर्षसम्म चल्ने गरेकाले आयात कम भएको उनले बताए ।

नेपालमा आयात हुने झिलिमिली बत्तीको धेरै हिस्सा उत्तरी छिमेकी मुलुक चीनबाट ल्याउने गरिएको छ । झिलिमिली बत्ती सबैभन्दा धेरै चीनबाट नै आयात हुन्छ ।त्यसपछि भारतबाटपनि आयात हुन्छ ।

Related posts

शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

MadhesKhabar

वीरगन्जमा आजदेखि दिनभर निषेधाज्ञा, रातभर कर्फ्यू

MadhesKhabar

भारतमा फैलिँदै कोरोना : २४ घण्टामा ४ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment