Madhes Khabar
अर्थतन्‍त्र

सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख गोरखा मिडियामा प्रवाह भएको देखियो : संयोजक थापा

काठमाडौं,४साउन: सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको हो। समितिको कार्यादेशको अनुसूची २ मा रहेका सूर्यदर्शन, सानोपाइलालगायतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताए। त्यस्तै गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको थापाले बताए।

 

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए। देशभरमध्ये बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

सुनको मूल्य आजपनि तोलामा ८०० रुपैयाँले बढ्यो

MadhesKhabar

महशुल नतिर्ने बाराका उद्योगहरुकाे विद्युत लाइन काटिएपछि मजदुरहरु प्रदर्शनमा

MadhesKhabar

सिमेन्टको मूल्य दोब्बरले बढेपछि बारा–पर्सामा निर्माण कार्य प्रभावित

MadhesKhabar

Leave a Comment