Madhes Khabar
अर्थतन्‍त्र

सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख गोरखा मिडियामा प्रवाह भएको देखियो : संयोजक थापा

काठमाडौं,४साउन: सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाका बारेमा सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिकारीहरूसँग छलफल गरेको हो। समितिको कार्यादेशको अनुसूची २ मा रहेका सूर्यदर्शन, सानोपाइलालगायतका सहकारीका सम्बन्धमा छलफल भएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये १ हजार ९ सय २३ वटा सहकारी काठमाडौंमा रहेको पाइएको बताए। त्यस्तै गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट ४ करोड ८८ लाख र २० लाख र ५० लाखमध्ये गोरखा मिडियामा सीधै २० लाख र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको थापाले बताए।

 

त्यस्तै उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए। देशभरमध्ये बागमती प्रदेशमा २ सय ८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पर्साको सखुवा प्रसौनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जमा यसपालिपनि नयाँ वर्षको अवसरमा तीन दिन ‘रात्रि बजार’ लाग्दै

MadhesKhabar

सुनको मूल्य एकैदिन ५ हजार ४०० ले घट्यो, कतिमा हुँदैछ कारोबार ?

MadhesKhabar

Leave a Comment