Madhes Khabar
अर्थतन्‍त्र

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटायाे, अब नेपालमा प्याजकाे भाउ सस्ताे हुने

काठमाडौं,२२बैशाख:भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

दिल्लीमा शनिबार पत्रकार सम्मेलन गर्दै भारतकाे उपपभोक्ता विभागका सचिव निधि खरेले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको बताए । सचिव खरेका अनुसार यस वर्ष रवि सिजनमा भारतमा प्याज उत्पादन बढेको र आगामी सिजनमा पनि बढी उत्पादन हुने अपेक्षा गरिएको छ ।

सरकारी अनुमान अनुसार भारतमा हाल १९१ लाख टन प्याज उत्पादन भएको छ भने भारतमा प्रतिमहिना १७ लाख टन प्याज खपत हुने गरेको छ ।भारत सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएका कारण नेपालमा प्याजकाे मूल्य आकाशिएकाे थियाे।तर अब भारतले निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि नेपाली बजारमा प्याजकाे भाउ सस्तिने अनुमान छ। –बीबीसी

Related posts

वीरगन्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात

MadhesKhabar

वीरगन्ज -पथलैया औद्योगिक करिडोर घाेषणाकाे माग

MadhesKhabar

जागिर छाडेर चार युवाले काठमाडौंमा बेच्न थाले ठेकुआ, ३ महिनामै नसोचेको व्यापार !

MadhesKhabar

Leave a Comment