Madhes Khabar
राजनीति हेडलाइन

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

काठमाडौं,३फागुन : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) प्रदीप यादवले नागरिकता समस्या बारे फेरि सरकारको ध्यानाकर्षण गराएका छन् ।बुधबार संसद बैठकमा बोल्दै सांसद यादवले संविधान बनेको आठ वर्षसम्म पनि जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउनु दुखद भएको भन्दै यस बारे सरकारको ध्यानाकर्षण गराएका हुन्।

अब पनि नागरिकता विधेयक सदनमा ल्याउन र पारित गर्नमा ढिलाइ गरेर जसपाले सदन र सडकमा आन्दोलन चर्काउने सांसद यादवले चेतावनी पनि दिए।बुबा आमा काका काकी नेपाली नागरिक बालिग सन्तान अनागरिक कसरी हुन्छन् भन्ने प्रश्न गर्दै उनले कुनै कुनै त दाइ दिदी नागरिक भाइ बहिनी अनागरिक भएको स्थिति पनि रहेको बताए ।

उनले भने, ‘संसद्ले नागरिकता विधेयक पास गर्छ, राष्ट्रपतिजीले विधेयक रोक्छिन्। यो मुसा(बिरालोजस्तो छक्क्याउने खेल कहिलेसम्म ? यसअघिको संसदमा दुईपटक नागरिकता विधेयक पास गरेर राष्ट्रपतिसमक्ष पठाउँदा पहिलो पटक फिर्ता पठाइयो। दोस्रो पटक पुनः त्यो विधेयकमा लालमोहर लागेन, आखिर किन लागेन ? यो कसले गराएको हो ?’ उनले नागरिकता ऐन संशोधन नहुँदा ६ लाख बढी नागरिक नागरिकताबिहीन हुनुपरेको बताए ।

यसअघि संसदले नागरिकता ऐन संशोधन विधेयक पारित गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएको भन्दै सांसद यादवले असन्तुष्टि व्यक्त गरे । दुई पटकससम्म संघीय संसदले पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीकरण नगरिदिएको उल्लेख गर्दै उनले भने, ‘राष्ट्रपतिको भिटो अधिकारबारे छलफल हुन जरुरी छ ।’

 

Related posts

भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई यसपालि हराउन जरुरी छ : उम्मेदवार सर्राफ

MadhesKhabar

वीरगन्जमा जाडाे अत्याधिक बढेपछि महानगरपालिकाले ठाउँ ठाँउमा आगाे ताप्ने व्यवस्था मिलायाे

MadhesKhabar

पिकअपमा परालभित्र लुकाएर तस्करी गर्न लागिएको गाँजा र चालक वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment