Madhes Khabar
राजनीति

मधेसका पदमुक्त सभामुखले नियुक्त गरेका कर्मचारीहरु हटाउन ७ दलकाे माग

जनकपुरधाम,४मंसिर: मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि उनले राखेका करारका कर्मचारीहरु हटाउनेसहितका निर्णय बिहीबार बसेकाे सर्वदलीय बैठकमा ७ दले माग गरेका छन्।

उपसभापति बबिता राउत इशरले बिहीबार बोलाएको सर्वदलीय बैठकमा सहभागी ७ दलका प्रतिनिधिले मण्डलले नियुक्त गरेका करारका कर्मचारीहरु हटाउन माग गरेका हुन् ।

मण्डलले नियुक्त गरेका करार कर्मचारीले उनिविरुद्धकाे महाअभियाेगकाे प्रस्ताव दर्तादेखि पारित हुँदासम्म धेरै असहयोग गरेको भन्दै सात दलीय गठबन्धनले उनीहरूलाई हटाउन माग गरेको हो । बैठकमा उपसभामुख इशरले आवश्यक प्रक्रिया पूरागरी दलहरूको माग सम्बोधन गरिने बताइन् ।

यस्तै बुधबार सभामुखमाथिको महाअभियोगको प्रस्तावमाथि छलफलको लागि बोलाइएको बैठकअघि विजुली काटेको विषयमा छानबिन गर्न प्रहरीलाई आग्रह गर्ने निर्णयपनि बैठकले गरेको छ ।

बैठकमा मुख्यमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता सरोजकुमार यादव समेत सहभागी थिए।साभार:अनलाइनखबर

Related posts

बारा ४ मा दुई पूर्व मन्त्री सहित त्रिपक्षीय भिडन्त, गठबन्धनका किसान संकटमा

MadhesKhabar

देउवा समूहको रिट सर्वोच्च अदालतमा दर्ता, माघ ६ गतेका लागि तोकियो पेसी

MadhesKhabar

सिरहा क्याम्पसमा विद्यार्थी जनमत संघको प्यानलै विजयी

MadhesKhabar

Leave a Comment