Madhes Khabar
राजनीति

भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको पूर्वमन्त्री साहको आरोप

बारा,१२बैशाखःआम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले भन्सारको नाममा मधेसमा सरकारले लुट मचाएको बताएका छन् ।बाराको सिम्रौनगढमा शुक्रबार सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए ।

भन्सार कानूनमा रहेको ४५ प्रतिशत कमिशनको व्यवस्था रहदासम्म मधेसमा भईरहेको सरकारी लुटपाट (छिनछोर) नरोकिने उनले बताए ।अध्यक्ष साहले भन्सारको नाममा मधेसमा भईरहेको सरकारी लुट कहिले रोकिने भन्दै प्रश्न समेत गरे ।

उनले भने,‘‘प्रधानमन्त्रीजी, भन्सारको नाममा भईरहेको सरकारी लुटपाट कहिले रोक्नुहुन्छ ? सम्पतीको हक संवैधानिक हक हो तर तपाईहरुले त यहाँ लुट मचाउनुभएको छ ।यही देशमा हत्याराको सम्पती नखोस्ने, बलात्कारीको सम्पती नखोस्ने । तर भन्सार नबुझाएकै कारण कसैको बुवा, बाजेको सम्पती पनि खोस्ने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गरे ।

देशमा लुट मचाएका लुटेराको सम्पती सरकारले नखोस्ने, आयकर, मुल्यअभिबृद्धि कर छल्ने, नबुझाउनेको सम्पती सरकारले नखोस्ने तर सीमामा बस्ने सोझासाझा नेपाली जनताको निजि सम्पती सरकारले लुटिरहेको उनले बताए ।

सरकारको विभेदकै कारण ऐतिहासिक सिम्रौनगढ आझेलमा परेको उनले बताए । ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं सांस्कृतिक क्षेत्र सिम्रौनगढको विकासका लागि सरकारले काम नगरेको भन्दै उनले आक्रोश पोखे ।

‘तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन् । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औधोगिक हबछ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसंग विभेद किन गरेको ?’ आजपा अध्यक्ष साहले भने ।

वर्तमान सरकारले मुलुकमा समृद्धि ल्याउछौ भन्दै जनतालाई भ्रमित बनाइरहेको टिप्पणी समेत उनले गरे । प्रधानमन्त्री ओली र एमालेले आफ्नै मतदातासंग न्याय नगरेको उनले बताए । एमालेलाई मतदान गर्नेहरुले आज पछुतो मानिरहेको उनले बताए ।

युवा नेता नविन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु मा. समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा लगायतका नेता एवं उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबू कुशवाहाको विशेष सहभागिता रहेको थियो ।

Related posts

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

वीरगन्ज–२ का पूर्ववडाध्यक्ष अब्बास जसपा नेपाल परित्याग गरी एमालेमा प्रवेश,पूर्वमन्त्री यादवले गरे स्वागत

MadhesKhabar

सुनसरी–१ मा रास्वपालाई हराउँदै हर्क साम्पाङ विजयी

MadhesKhabar

Leave a Comment