गौर,१५माघ: नागरिकको कुरा सुन्न “समुदायमा नेपाली काङ्ग्रेस” अभियान राैतहटमापनि साेमबारदेखि सुरुवात भएको छ। रौतहटमा प्रतिनिधिका रुपमा केन्द्रबाट खटिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले साेमबार गौरमा अभियानको बारेमा जानकारी दिएपछी अभियानको सुरुवात भएको हो ।
माघ २६ गतेसम्म चल्ने अभियानका बारेमा जिल्लाका १८ वटै पालिकाका पार्टी सभापति र प्रतिनिधिलाई गौर स्थित पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा केन्द्रीय सदस्य शिवाकोटीले जानकारी गराए।मंगलबारदेखि रौतहटका १५७ वटै वडामा जिल्ला तहका नेताहरु पुगेर नागरिकका गुनासाे सुनेर त्यसकाे समाधानको प्रयास गर्ने पार्टीको निर्देशन रहेको उनले बताए।
अभियानका क्रममा वडामा रहेका नागरिक समाज, किसान समुह, आमा समुह, वन उपभोक्ता समुह, शिक्षक, प्राध्यापक, समाजका अगुवा, वडा कार्यालयबाट प्रभाव भईरहेका सेवा एवं सुविधा सम्बन्धमा प्रत्यक्ष रुपमा नागरिकसंग सम्बाद गरिने उनले जानकारी गराए।
नागरिकका समस्या समाधान गराउनमा कांग्रेसले सहायक भूमिका निर्वाह गरेमा मात्रै पार्टी प्रति जनविश्वास बढ्ने केन्द्रीय कार्यालयको मान्यता रहेकोले त्यसका लागि आ- आफना दायित्वलाई निर्वाह गर्न उनले निर्देशनपनि दिए।
कांग्रेस जिल्ला सभापति सुनिल यादवको सभापतित्वमा सम्पन्न साेमबारकाे कार्यक्रममा पार्टीका मधेस प्रदेश सदस्य रबिनचन्द्र कोइराला,पार्टीका जिल्ला स्तरिय नेता,कार्यकर्ता,जनप्रतिनिधि र पार्टीका भातृ,सुभेच्छुक संस्थाका जिल्ला सभापतिहरुकोपनि उपस्थिति रहेको थियो ।

