Madhes Khabar
राजनीति

जेनजी आन्दोलनपछि पर्साका वडाहरुमा जेनजी जनमत संघ नामक युवा दस्ता गठन अभियान तिब्र

वीरगन्ज,३०असोजःभदौ२३ र २४ को जेनजी आन्दोलनपछि जनमत पार्टीले पर्सा जिल्लाका पालिकाहरुमा जेन्जी जनमत संघ गठनलाई तिब्रता दिएको छ।

हालसम्म वीरगन्ज महानगरपालिकाको ६ वटा वडा र ग्रामीण भेगका विभिन्न पालिकाकाका ७ वटा वडाहरुमा जेनजी जनमत संघ गठन गरिएको जनमत पार्टीको युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहले जानकारी दिए ।आगमी कात्तिक महिनाभित्र जिल्लाका सबै ११२ वटा वडामा जेनजी जनमत संघ गठन गरेर प्रशिक्षण कार्यक्रम सन्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष साहले बताए।

यसैगरि जेन्जी मतदाता दर्तावाल अभियान पनि वीरगन्ज महानगरपालिकासहित जिल्लाका ७ वटा पालिकामा जारी रहेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए।जगरनाथपुर गाउँपालिका सहित अन्य ग्रामीण भेगका पालिकामा जेन्जी मतदाता अभियानमा उत्साह जनक सहभागीता रहेको प्रदेश सदस्य बृजेस्वर चौधरीले बताए ।

 

Related posts

सीके राउत भन्छन् : दुई करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे

MadhesKhabar

२०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन

MadhesKhabar

गरिबलाई सरकारी जागिरमा प्रवेश नगराए सडक आन्दोलनमा उत्रिने आजपाको चेतावनी

MadhesKhabar

Leave a Comment