Madhes Khabar
राजनीति

पर्सा ४ बाट कांग्रेस महासमिति सदस्यमा मन्त्री रिजालसहित ११ जना निर्विरोध निर्वाचित

वीरगन्ज,२०असोजः पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसको महासमिति सदस्यमा ११ जना निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्र नम्बर ४ बाट महासमिति सदस्यमा कांग्रेस केन्द्रिय सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसहित ११ जना निर्विरोध निर्वाचित भएका हुन् । महासमिति सददस्यमा रिजालसंगै बशिष्ठ नाराायण प्रसाद कुर्मी , रमेश पाण्डे , शंकर चौधरी , गोमा उपाध्याय , बृहस्पतिकृष्ण श्रेष्ठ, शैलदेवी राजपुत, शोभा शर्मा, रामदेव प्रसाद चौहान,सहरुम राउत गदी र छोटेलाल दास तत्वा रहेका छन् ।

शनिबार बसेको कांग्रेसका महाधिवेशन प्रतिनिधीहरुको बैठकले ११ जनालाई महासमिति सदस्यमा सर्वसम्मत चयन गरेको कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।

 

Related posts

आफुले भनेको बजेट नदिए मन्त्रालयमै अनशन बस्ने बाराका सांसद यादवको चेतावनी

MadhesKhabar

जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताद्धारा वडा अध्यक्षमा उम्मेदवारी

MadhesKhabar

लाेसपा अध्यक्ष महन्थ ठाकुर, बारा ४ बाट सिफारिस

MadhesKhabar

Leave a Comment