वीरगन्ज,२०असोजः पर्साको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसको महासमिति सदस्यमा ११ जना निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर ४ बाट महासमिति सदस्यमा कांग्रेस केन्द्रिय सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालसहित ११ जना निर्विरोध निर्वाचित भएका हुन् । महासमिति सददस्यमा रिजालसंगै बशिष्ठ नाराायण प्रसाद कुर्मी , रमेश पाण्डे , शंकर चौधरी , गोमा उपाध्याय , बृहस्पतिकृष्ण श्रेष्ठ, शैलदेवी राजपुत, शोभा शर्मा, रामदेव प्रसाद चौहान,सहरुम राउत गदी र छोटेलाल दास तत्वा रहेका छन् ।
शनिबार बसेको कांग्रेसका महाधिवेशन प्रतिनिधीहरुको बैठकले ११ जनालाई महासमिति सदस्यमा सर्वसम्मत चयन गरेको कांग्रेसका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए ।


