Madhes Khabar
राजनीति

ओली निवासमा चार दलकाे बैठक शुरु, प्रचण्ड पनि सहभागी

फाेटाे सामाजिक सन्जालबाट

वीरगन्ज ,१०पुस :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।

एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो । रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ ।

एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।साभार:अनलाइनखबर

Related posts

बिन्दवासिनीमा आयोजित पालिका सम्मेलनमा नेताहरुले भने : गुट छाडेर कांग्रेसलाई बलियो बनाऔं

MadhesKhabar

वीरगन्ज आएर ओेलीले भने :भुकम्प पिडितकाे उद्धार र राहतमा सरकारलाई सघाउन एमाले तत्पर छ

MadhesKhabar

पूर्वमन्त्री रिजालले भने : युवा नेतृत्वले सम्हालेको कांग्रेसप्रति जनताको आशा र भरोसा बढेको छ

MadhesKhabar

Leave a Comment