Madhes Khabar
राजनीति

बिन्दवासिनीमा आयोजित पालिका सम्मेलनमा नेताहरुले भने : गुट छाडेर कांग्रेसलाई बलियो बनाऔं

वीरगन्ज, १३ साउन : पर्साको बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको गाउँपालिका सम्मेलन सम्पन्न गरेको छ ।बहुअर्वाभाठास्थित राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार आयोजित सम्मेलनको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बिरुवा रोपेर गरेका थिए ।

सम्मेलनमा बोल्ने कांग्रेसका नेताहरुले पार्टी भित्र रहेको गुटउपगुट र मनमुटावलाई अन्त्य गरि सबै नेता कार्यकर्ताहरु एकजुट भइ संगठनलाई अझ बलियो बनाउनका लागि लाग्नुपर्नेमा जोड दिए ।विगतमा भएका मतभेद र विवादलाई बिर्सिएर कांग्रेसीजन एकजृुट भइ ईमानदारीपूर्वक लागे आउँदो निर्वाचनमा कांग्रेसको जित सुनिश्चित रहेकोपनि उनिहरुले बताए ।कांग्रेसका गाउँ कार्य समितिका सभापति बिवेक कुमार चौरसियाको अध्यक्षतामा भएको गाउँपालिका सम्मेलनमा नेपाल महिला संघकी जिल्ला सह–सचीव कोपिला चौरसियाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

सम्मेलनमा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,पर्सा जिल्ला सभापति एवं प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य श्याम पटेल , कांग्रेसका जिल्ला उपसभापति अशोक गुप्ता, सचिव दिनेश चौधरी, महिला संघकी केन्द्रिय सदस्य किरण सरकार, नेताहरु प्रेमचन्द्र चौरसिया,अनोज चौरसिया,जयप्रकाश चौरसिया,राजेश्वर चौरसिया,सन्तोष चौरसिया, मुकेश गुप्ता लगायतको सहभभागीता थियो ।

Related posts

गृहमन्त्री पाए रास्वपा तत्काल सरकारमा जान्छ : प्रमुख सचेतक परियार

MadhesKhabar

कांग्रेसमा डेढ लाख नयाँ क्रियाशील सदस्य थपिए, बारा–१ मा विवादका कारण फारम नै पुगेन

MadhesKhabar

पर्सा–४ का कांग्रेस नेता–कार्यकर्तालाई बोलाएर पूर्वमन्त्री रिजालले भने : अब म चुनाव लड्दीन

MadhesKhabar

Leave a Comment