Madhes Khabar
राजनीति

गृहमन्त्री पाए रास्वपा तत्काल सरकारमा जान्छ : प्रमुख सचेतक परियार

काठमाडौं, १ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन्।

भक्तपुरमा आयोजना गरिएको साक्षात्कार कार्यक्रमा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जाने बताएका हुन्।

राष्ट्रपतिमा पनि विगतकै सहमतिअनुरुप सत्तागठबन्धनबाटै चयन हुने उनले दावी गरे। उनले विगतका राष्ट्रपति कुनै न कुनै विवादमा तानिएको बताउँदै अब निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने व्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गरे।

परियारले अहिले मुलुकलाई राजनीतिक अस्थीरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राखे । उनले बैशाख २ गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने र लामिछानेले भारी मतले विजय हुने दावी गरे।

उनले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र,सामाजिक न्याय र समावेसिता रहेको बताउँदै आगामी महाधिवेशनमा यहि विषय दस्तावेजमा समेटिने बताए। साभार : अन्नपूर्ण पोष्ट

Related posts

राजेन्द्र महताेले छाडे लाेसपा

MadhesKhabar

म बोल्ने भन्दापनि काम गरेर देखाउने मान्छे हुँ : मन्त्री गुप्ता

MadhesKhabar

मधेस सरकारबाट एमालेले पनि समर्थन फिर्ता लियो,अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने

MadhesKhabar

Leave a Comment