Madhes Khabar
राजनीति

नेकपा एसकाे महाधिवेशन प्रतिनिधिमा पर्सा ४ बाट राघव साह र भाेला महत्ताे निर्विरोध चयन

वीरगन्ज,७असार:नेकपा एकिकृत समाजवादी (एस) काे आसन्न महाधिवेशनका लागि पर्साकाे क्षेत्र नम्बर ४ बाट राघव साह र भाेला महत्ताे थारु महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्।

नेकपा एसकाे दशाैं राष्ट्रिय महाधिवेशन यहि असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुदैंछ ।उक्त महाधिवेशनका लागि देशका ७७ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन प्रकृया अहिले चलिरहेको छ।

यसै क्रममा पर्साकाे क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिमा राघव साह र भाेला महत्ताे थारु निर्विरोध चयन भएका हुन् ।महाधिवेशनकाे मापदण्ड अनुसार १२५ जना पार्टी सदस्य रहेकाे निर्वाचन क्षेत्रबाट १ जना महाधिवेशन प्रतिनिधि चयन हुने प्रावधान छ।त्यहि प्रावधान अनुसार, पर्सा क्षेत्र नम्बर ४ मा पार्टीका २५७ जना सदस्य रहेकाले उक्त क्षेत्रबाट साह र थारु गरी दुई जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएकाे निर्वाचन अधिकृत शंकर कुमार कर्णले जानकारी दिए।

उक्त क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष गंगा बहादुर खड्का, प्रचार विभाग सदस्य राघव साह र जिल्ला सचिवालय सदस्य भाेला महत्ताे थारु गरी तीन जनाले उम्मेदवारी दिएकाेमा खड्काले उम्मेदवारी फिर्ता लिएपछि साह र थारु निर्विरोध चयन भएकाे निर्वाचन अधिकृत कर्णले जानकारी दिए।

Related posts

सर्वाेच्च अदालतमा दायर गरेको रिट फिर्ता लिन देउवा पक्ष सहमत

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार रुपेशमानको पक्षमा मतदाता आफैँ गर्दैछन् ठाउँ ठाउँमा भेला

MadhesKhabar

बिन्दवासिनीमा जसपाका प्रभावशाली युवा नेता चौरसियासहितका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment