Madhes Khabar
राजनीति

सर्वाेच्च अदालतमा दायर गरेको रिट फिर्ता लिन देउवा पक्ष सहमत

काठमाडाैं,५माघ:विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको शेरबहादुर देउवा पक्षले अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत भएको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ मंगलबार नै राखिएको छ ।

निर्वाचन आयोगको निर्णय नेपालको संविधान, कानुन विपरीत भएको भन्दै त्यसविरुद्ध देउवा पक्षले कानुनी उपचार र सडक संघर्ष गर्ने उद्‌घोष गरेको थियो । खड्काले नवनिर्वाचित कार्यसमितिलाई अवैधानिक भन्दै आफैंले अदालतमा मुद्दा दायर गरेकाले नैतिकताका आधारमा चुनाव नलड्ने निर्णय लिएका छन् ।

मंगलबार मुद्दा पेसीमा चढ्नुअघि नै फिर्ता लिने तयारी गरिएको छ ।साभार:कान्तिपुर

Related posts

पर्सा ४ का मतदाताको घर घरमा पुगेर रिजालले भने : काँग्रेस नै देशको आवश्यकता हो

MadhesKhabar

एमाले वीरगन्ज महानगर कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

MadhesKhabar

बारा ४ ( ख) मा साेनल र श्रेष्ठकाे लहर

MadhesKhabar

Leave a Comment