वीरगन्ज,९बैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वीरगन्ज महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ ।वीरगन्जको कन्ट्री इन पार्टी प्यालेशमा मंगलबार बिहान ८.३० बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म चल्ने अध्यक्ष मण्डलका अध्यक्ष एंव एमालेका मधेस प्रदेश उपाध्यक्ष विचारी यादवले जानकारी दिए ।
एमाले वीरगन्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गतेनै उम्मेदवारी दर्ता भएको भएपनि विविध कारणले मतदान हुन सकेको थिएन । वीरगन्ज महानगर कमिटीको अध्यक्ष पदका लागि सुन्दर कुर्मी र नवराज शर्मा चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव सहित ८३ पदका लागि मंगलबार भइरहेको मतदानका लागि कूल मतदाता २५६ जना रहेको अध्यक्ष मण्डलका अध्यक्ष यादवले बताए ।

