Madhes Khabar
राजनीति हेडलाइन

सकृयराजनीतिमा पूर्वसांसद अमात्यको ‘कमब्याक’,पर्सा–२ मा चुनाव लड्ने घोषणाले कांग्रेसमा तरंग

वीरगन्ज,१० भदौं : आगामी निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्य (सांसद) मा नेपाली कांग्रेसका तर्फबाट चुनाव लड्ने संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले घोषणा गरेका छन् ।

हालै वीरगन्जको एक एफएममा अन्तरवार्ताका क्रममा कांग्रेस पर्साका पूर्वसभापति समेत रहेका अमात्यले आगामी निर्वाचनमा पर्सा–२ मा प्रतिनिधी सभा सदस्यमा चुनाव लड्ने घोषणा गर्दै त्यसको तयारीमा लागि सकेको बताए ।

उक्त अन्तरवार्तामा उनले विगत १० वर्षको अवधिमा भएका दुई वटा निर्वाचनमा आँफुले पार्टीका अरु नेतालाई पालो दिएको बताए । तरअब भने आँफु नै सांसदमा चुनावमा लड्ने उनले बताए । उनले भने,‘ आगामी निर्वाचनमा म चुनाव लड्छु । यसमा कुनै दुई मत नै छैन । म पर्सा–२ मा सांसदमै चुनाव लड्छु ।’

२०७० सालको निर्वाचनमा तत्कालीन पर्सा–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भई संविधान निर्माणमा अहम भूमीका निर्वाह गरेका अमात्य केहि समय यता पर्सा कांग्रेसको राजनीतिमा केहि निस्किृय भएका थिए ।तर अहिले एकाएक पर्सा–२ बाट आँफु सांसदमा चुनावमा लड्ने घोषणा र त्यसको तयारीमा लागि सकेको भन्दै अमात्यले बताएपछि यसले पर्सामा कांग्रेसको राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

पर्सामा कांग्रेसको राजनीतिमा ‘कमब्याक’को गरेका अमात्यले आगामी निर्वाचनलाई लक्षित गर्दै केहि समययता पार्टीको राजनीतिक गतिविधी र अन्य संघसंस्थाहरुको कार्यक्रममा सहभागिता बढाएका छन् ।

कांग्रेसमा वरिष्ठ नेता डा. शेखर कोइराला निकट रहेका अमात्यकै आयोजनामा वीरगन्जमा यहि भदौं १४ गतेका दिन नेता कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रमपनि हुदैछ ।यसअघि हालै महोत्तरीको बर्दिवासमा पनि अमात्यकै पहलमा कोइराला पक्षधरका अगुवा नेताकार्यकर्ताहरुको मधेस प्रदेश भेला आयोजना गरिएको थियो ।

Related posts

वीरगञ्ज महानगरको आमसञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिमा १३ सदस्य मनोनीत

MadhesKhabar

मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे सशस्त्र प्रहरीसंग भारतीय एसएसबी पराजित

MadhesKhabar

सरकारको नीति तथा कार्यक्रममा वीरगन्ज चिनी मिल र नारायणी रंगशाला नपर्दा वीरगन्जबासी निराश

MadhesKhabar

Leave a Comment