Madhes Khabar
राजनीति हेडलाइन

हरपुरमा चौरसियाको दमदार घरदैलो,कांग्रेस जिताउने लहर तिव्र

 

वीरगन्ज २९,माघ: पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–८ हरपुरमा पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेस नेतृत्वमा मात्रै जनताको हितमा काम हुने विश्वास व्यक्त गरे। उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाए।

चौरसियाले लोकतन्त्र र समावेशी विकासको पक्षमा उभिएको नेपाली कांग्रेसलाई हर हालमा विजयी बनाउन स्थानीय मतदातासँग आग्रह समेत गरे।

कार्यक्रममा मधेश प्रदेशका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको विशेष उपस्थिति रहेको थियो। साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप कुर्मी ,कांग्रेसका सक्रिय नेता तथा कार्यकर्ताहरू नितेन्द्र साह, विश्वमोहन दास थारु, जयराम दास थारु, विनोद ठाकुर, नन्दु चौधरी, शैलेन्द्र चौधरी र शिवनारायण राम लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

स्थानीयवासीहरूले पनि घरदैलो कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस उम्मेदवार चौरसियाप्रति समर्थन बढ्दै गएको संकेत देखिएको छ ।

Related posts

औंलो रोगको उच्च जोखिममा वीरगन्ज महानगर

MadhesKhabar

सरकार र ठेकेदारको चरम लापरबाही : ३ वर्षमा बन्नुपर्ने बाराको दुधौरा पुल ६ वर्षमा पनि अधुरै

MadhesKhabar

कार्यसम्पादन मूल्यांकनमा काठमाडौंपछि वीरगन्ज महानगरकाे स्थान

MadhesKhabar

Leave a Comment